Siraha Times
ताजा समाचार

किर्ते जालसाजी मुद्दामा पूर्व वडा अध्यक्ष साह पक्राउ

  • वैशाख ८, २०८२
  • १०९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

Translator
 
 
 

रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष खुशीलाल साह किर्ते जालसाजीको मुद्दामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको टोलीले उनलाई सोमबार बिहान आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीका अनुसार, साहविरुद्ध विगतमा दर्ता भएको किर्ते तथा जालसाजीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

२०८० माघ १९ गते (२०८०/१०/१९) का दिन साहले तत्कालीन वडा कार्यालयको लेटरहेड प्रयोग गर्दै हालका वडा अध्यक्ष सुरेश कुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेर मालपोतसम्बन्धी चारकिल्ला कागजात तयार पारेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । उक्त कागजातमार्फत साहले आफ्नै आमा कुलमतिया देवीको नाममा सिफारिस गराएका थिए । साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर–२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो पटक टिकट नपाएपछि उनी नेकपा एमालेमा प्रवेश गरी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । एमालेबाट पराजित भएपछि फेरि कांग्रेसमै फर्किएका थिए ।

प्रहरी अनुसन्धान अनुसार, साहले किर्ते कागजात मालपोत कार्यालयमा पेश गरेर आफ्नो नाममा जग्गा दर्ता गराएका थिए । घटनाको जानकारी पाएपछि वडा अध्यक्ष सुरेश कुमार यादवले २०८० फागुन १३ गते इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा सरकारी कागजात किर्ते तथा ठगीसम्बन्धी उजुरी दिएका थिए । वडा अध्यक्ष यादवले भने, "साहले पुरानै लेटरहेड प्रयोग गरी मेरो हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप नक्कल गरेर झुटो कागजात तयार पारेका छन् । यस्तो कार्य कानुनविपरीत हो, त्यसैले मैले सम्बन्धित निकायमा उजुरी दिएको हुँ । उनीमाथि अहिले पनि थानामा सातभन्दा बढी मुद्दा छन् । कानुनले उनलाई छुट दिन्न ।"

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार साहविरुद्ध उजुरी परेपछि अनुसन्धान थालिएको थियो । प्रयोगशालाबाट प्राप्त प्रतिवेदन र संकलित प्रमाणको आधारमा उनलाई पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१