Siraha Times
ताजा समाचार

टपीबालाले गरे दलितलाई भाटे कार्वाही

  • चैत २६, २०८१
  • ९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,चैत्र २६ । सिराहा जिल्लाको धनगढीमाई १३ झाते चौरी निवासी हरिमाया विकलाई स्थानिय टपीबालाको समुहमा आएका केही व्यक्तिहरूले बिहान करिब ५ बजेको समयमा घर आँगनमा पुगेर बासको भाटाले सुम्ला उठ्ने गरी पिटेका हुन । एक्लो दलित परिवारका घरमा पुगेका उक्त समुहले हरीमायाका श्रीमानलाई कन्चटमा हानेर घाइते बनाएका छन ।

Open photo

बासको बाटाले अन्धाधुन हान्न थालेपछि हरिमायाको पिठ्युँ, गोप्य अंगमा चोट र शरीरको पछाडिको भागमा निलडाम परेको छ । थाईराईड,प्रेसर लगायतका रोगबाट पीडित हरिमाया विकको शरीरमा गहिरो चोट परेपछि घर परिवार चिन्ताको अवस्थामा पुगेको छ । गत राति स्थानीयले रक्सी खाएर आफ्नो घरमा आएर होहल्ला गरेर आफै बाटो लागि गएको थियो ।

Open photo

अत्याधिक रक्सी खाएका स्थानिय बाटोमा लडेर चोट लागि घर गएको थियो । एका बिहानै हामीलाई कुनै जानकारी बिना किन कुटीस भन्दै एका एक बासको भाटाले घरका सदस्यलाई पिटाई शुरु गरेका विक परिवारले बताए । छिमेकीले किन पिटेको भनी प्रतिकार गर्दा टपीबालाको समुहले छिमेकी रिना तामाङलाई समेत पिटेका थिए । आर्थिक अभावमा तत्काल उपचारमा जान नसकेका उनको बारेमा विनोद मण्डलले घटना घटेको करिब १३ घण्टापछि थाहा पाएपछि तत्काल घटना स्थलमा पुगेर हरिमाया विकलाई स्थानिय नैंनपुर अस्पताल पुगाएका थिए ।

Open photo

आकस्मिक कक्षमा हरिमाया विकको उपचार भइरहेको छ । कानूनलाई चुनौती दिँदै टपीबालाको समुहले हरीमायालाई मरणासन्न हुनेगरी पिटेको घटनाको सत्य तथ्य पत्ता लगाई महिला हिंशा समबन्धि कानुनी कारवाहीको माग स्थानीयले गरिरहेको छ । अरूको चार किल्लामा प्रवेश गरेर निर्घात कुटपिट गर्नु समाज विरोधी कार्य भएकोले तत्काल सबैलाई कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१