Siraha Times
ताजा समाचार

लहान–२१ कालाबञ्जरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३८ जना लाभान्वित

  • चैत २४, २०८१
  • १०७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव,लहान २४ चैत । लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा लहान नगरपालिका–२१, कालाबञ्जरमा सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरबाट ३३८ जना सर्वसाधारणले सेवा लिएका छन्। शनिवार सम्पन्न उक्त शिविरमा ११० जना पुरुष र २२८ जना महिलाहरूले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए। स्वास्थ्य शिविरको अध्यक्षता लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकर प्रसाद गुप्ताले गरेका थिए भने प्रमुख अतिथिको रूपमा लहान–२१ का वडा अध्यक्ष राजकुमार यादवको उपस्थिति थियो। शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा विभिन्न रोगहरूको परीक्षण तथा उपचार गरिएको थियो।

विशिष्ट अतिथि डा. ओमप्रकाश चौधरी (हाड तथा नशा रोग विशेषज्ञ), डा. गीता यादव (वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ), डा. लवकुमार यादव (जेनरल फिजिसियन) र प्रमोद कुमार दास (छाला तथा कुष्ठ रोग विशेषज्ञ) लगायतको चिकित्सक समूहले बिरामीहरूको परीक्षण गरेका थिए। शिविरमा वडा नं. २१ का सदस्य पल्टु पासमान, विद्यालय व्यवस्थापन समिति सदस्य रञ्जित कुमार यादव लगायत स्थानीय जनप्रतिनिधिहरू तथा सामाजिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। शिविर सफल बनाउन ओम पोली क्लिनिक एण्ड अर्थो सेन्टर लहान, स्वस्तिक लघुवित्त वित्तीय संस्था लहान र लहान नगरपालिका–२१ कार्यालयले महत्वपूर्ण सहकार्य गरेका थिए।

शिविरमा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो, जसले ग्रामीण क्षेत्रका महिलाहरूमा स्वास्थ्यप्रति बढ्दो चासो र सचेतनालाई संकेत गर्दछ। स्त्री रोग, हाड तथा नसासम्बन्धी समस्या, छाला रोग, रक्तचाप, मधुमेह लगायतका रोगहरूको परीक्षण गरी आवश्यक औषधि तथा परामर्श सेवा प्रदान गरिएको थियो। लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकर प्रसाद गुप्ताले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरमा समुदायको उत्साहजनक सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रेरणा दिएको बताए।

प्रमुख अतिथि वडा अध्यक्ष राजकुमार यादवले यस्ता शिविरहरूले वडावासीहरूलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग गर्ने भन्दै नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्न वडा कार्यालय प्रतिबद्ध रहेको उल्लेख गरे। शिविरमा सेवा लिने अधिकांश बिरामीहरू दैनिक श्रमिक तथा किसान वर्गका थिए जसलाई आर्थिक अभावका कारण नियमित स्वास्थ्य जाँच गर्न कठिन हुने गरेको पाइन्छ। यस्ता शिविरले उनीहरूलाई राहत प्रदान गर्नुका साथै स्वास्थ्यप्रति सचेत गराउने काम पनि गरेको स्थानीयहरू बताउँछन्।

समापनमा आयोजक संस्था लायन्स क्लब अफ लहान फुलबारीले सहयाेगी संस्था ओम पोली क्लिनिक एण्ड अर्थो सेन्टर, स्वस्तिक लघुवित्त लहान, वडा नं. २१ कार्यालय र सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागी सबैलाई विशेष धन्यवाद अर्पण गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१