Siraha Times
ताजा समाचार

वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कदमले सार्थकता पाउँदै, स्थानिय हर्षले गदगद

  • चैत २३, २०८१
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, चैत्र २३ । सिराहा जिल्लाको साबिक विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ को सलहेस डाँडा हुँदै सिराहा कटारी जोड्नका लागि केही वर्ष अगाडि धनगढीमाई १४ का वडा अध्यक्ष अमित ठकुरीले फास्ट ट्र्याकको अवधारणा लिएर आफै घण्टौं हिँडेर सलहेस डाँडामा पुगेर सिराहा उदयपुर जिल्ला जोड्नका लागि दूरगामी अवधारणा अगाडि सारेपछि तत्काल सङ्क निर्माणको वातावरण बनेर वडा अध्यक्ष अमित ठकुरीले स्थानिय सुँगुर ढोका हुँदै सरे खोलाको उदगम पोइन्ट भित्ते पानीको केही पक्षिम्म हुँदै कटारी र सिराहा जोड्न सफल भएका थिए ।

पूर्व पक्षिम राजमार्गको स्थानिय धनगढीमाई वडा नम्बर १० जिरोमाईल बाट उदयपुर जिल्लाको कटारी पुग्नका लागि मात्र १ घण्टा लाग्ने छोटो मार्गको पहिचान गर्दै वडा अध्यक्ष अमित ठकुरीले बाटो निर्माणको काम थालेपछि वर्षौदेखि सास्ती भोग्दै आएका स्थानियको चाहना पूरा भएको थियो ।

स्थानिय पर्यटन ओझेलमा परेको भन्दै वडा अध्यक्ष अमित ठकुरीले सडक निर्माणको कार्य अघि बढाएका थिए । स्थानिय हात्ती ढुङ्गा मन्दिर र ढवाङ बस्तीको शिवालय र सलहेस डाँडाको रमणिय वातावरण तथा सलहेस डाँडाबाट देखिने प्राकृतिक दृश्यको मनोरम आकृतिको आकर्षणको अतिरिक्त खोटाङ्ग,उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप,सिन्धुली लगायतका जिल्लाहरूलाई छिमेकी राष्ट्र भारत र तराईका जिल्लाहरुसंग समीप गराउने छोटो मार्गको रूपमा सरे कटारी सडक निर्माणले स्थानिय जनता प्रत्यक्ष्य लाभान्चित हुने पक्का गराउने वडा अध्यक्ष अमित ठकुरीले सलहेस डाँडाको पटक पटक वास्तविक चित्रण गराउँदै कटारी नगरपालिकाका नगर प्रमुख र सम्बन्धित वडा अध्यक्ष ज्यूहरुलाई पटक पटक पत्रकार मार्फत र स्वयं आफैले सडक निर्माण र विस्तारको लागि ध्यानकर्षण गराउँदै आउनु भएको थियो ।

एक औपचारिक कार्यक्रमका बीच कटारी नगरपालिका र सिरहाको धनगढीमाई नगरपालिका जोडिने सडक कालोपत्रेको लागि प्रतिनिधीसभा सदस्य अम्बर बहादुर रायमाझीले उदयपुर जिल्लाको कटारीमा सडक कालोपत्रेको शिल्यान्यास गर्नु भएको हो । भिष्म निमार्ण सेवाले ठेक्का पाएको भोर्ले सर्रे आम्बास सडक कालोपत्रे योजना भौतिक पुर्वाधार तथा योजना मन्त्रालय अन्तर्गत १ करोड ६ लाखको बजेटमामा असार मसान्तसम्म सम्पन्न गराउने लक्ष्य लिएको बताईएको छ ।

कटारी वडा नम्बर ५ का वडा अध्यक्ष मोहन तामाङले " सिरहा धनगढीमाई नगरपालिकाको सिमानामा रहेका कटारीका नगरवासीलाई सहज हुने र आफ्नै नगरपालिका आईपुग्न अनेकौ असहजता सहेका नगरबासीलाई सहज हुने बताउनु भएको छ " (साभार )। उहाँले धनगढीमाई १४ का वडाध्यक्ष अमित ठकुरी र स्थानीयसंगको छलफल पछि गत बर्ष आफै लागेर बाटोको ट्रयाक खोलेको र यस बर्ष कालोपत्रे बन्न लागेले खुशि व्यक्त गर्नु भएको हो । वडा अध्यक्ष अमित ठकुरीको यस एतिहासिक कदमले सरकारलाई सोच्न बाध्य बनाएको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१