ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ भव्य रुपमा उद्घाटन

  • चैत २३, २०८१
  • १०४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, चैत्र २३ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित मौवाही नमुना माध्यमिक विद्यालयको खेलमैदानमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ।उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष संजय कुमार यादवले कुलतमा फसेका युवाहरुलाई सही मार्गतर्फ डोर्याउन खेलकुदलाई सबैभन्दा प्रभावकारी माध्यमको रूपमा लिँदै यस किसिमका प्रतियोगितालाई आफ्नो कार्यकालभर निरन्तरता दिने उद्घोष गर्नुभयो। उहाँले भन्नुभयो, “खेलमार्फत अनुशासन, आत्मविश्वास र सामाजिक चेतना फैलिन्छ, आजको खेलले त्यसैको प्रत्यक्ष प्रमाण दिएको छ।”

प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेल सप्तरीको सुरुङ्गा कुशहा र सिरहाको धनगढीमाई नगरपालिकाबीच सम्पन्न भयो। दुवै टिमबीचको खेल निकै रोमाञ्चक रह्यो, जसले दर्शकहरूलाई अन्तिम मिनेटसम्म तानिराख्यो।खेलप्रेमीहरूका अनुसार यस्ता प्रतियोगिता हरेक वडामा सञ्चालन हुनु आवश्यक छ, ताकि गाउँस्तरमै लुकेका प्रतिभाहरूलाई पहिचान गरेर अगाडि ल्याउन सकियोस्।

प्रतियोगिताको फाइनल खेल चैत्र ३० गते सम्पन्न हुने तय गरिएको छ भने चैत्र २५ गते महिला टिमबीच विशेष मैत्रीपूर्ण खेल आयोजना हुनेछ, जहाँ सिरहा र सप्तरीका महिला टिमहरू आमनेसामने हुनेछन्।स्थानीयस्तरमा यस किसिमको आयोजनाले खेलकुद संस्कृति प्रवर्द्धन गर्नुका साथै सामाजिक एकता र सहकार्यमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤