Siraha Times
ताजा समाचार

लहान प्रादेशिक अस्पतालका चिकित्सकहरूको आन्दोलन, दुई दिनका लागि स्वास्थ्य सेवा ठप्प

  • चैत २१, २०८१
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, चैत २१ । मधेश प्रदेश सरकारको उदासीनताका कारण लहान प्रादेशिक अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। तलबभुक्तानी नपाएको विषयमा सरकारलाई दिइएको ७२ घन्टे अल्टिमेटम सकिएपछि चिकित्सकहरूले आकस्मिक सेवा बाहेकका सम्पूर्ण चिकित्सकीय सेवा बन्द गर्ने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघ, मधेश प्रदेशले चैत १७ गते मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश अन्तर्गतका अस्पतालहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको महिनौँदेखि रोकिएको तलब तत्काल उपलब्ध गराउन माग गरेको थियो। संघले तीन दिनभित्र समाधान नगरे चैत २१ र २२ गते सम्पूर्ण सेवा बन्द गरिने चेतावनी दिएको थियो।

तर, सरकारले कुनै ठोस पहल नगरेकाले लहान प्रादेशिक अस्पतालका चिकित्सकहरूले आन्दोलन थालनी गरेका छन्। संघले चैत २२ गते आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताएको छ। आन्दोलनको क्रममा अस्पतालका निम्न सेवा ठप्प हुनेछन्:

बाहिरी (ओपीडी) सेवा, शल्यक्रिया (अपरेशन), प्रसूति तथा मातृ-शिशु सेवा, ल्याब परीक्षण तथा परामर्श सेवा आकस्मिक (Emergency) सेवा,सघन उपचार कक्ष (ICU) ,जीवनरक्षक सेवा आन्दोलनका कारण लहान प्रादेशिक अस्पतालमा उपचार गराइरहेका बिरामीहरू ठूलो समस्यामा परेका छन्। अस्पतालका ओपीडी बन्द भएपछि टाढा-टाढाबाट आएका बिरामीहरू उपचार नपाएर फर्किन बाध्य भएका छन्। चिकित्सक संघका एक पदाधिकारीका अनुसार, "हामी पटक-पटक सरकारसँग संवाद गर्न खोज्यौं। तर, सरकार कानमा तेल हालेर बस्यो। स्वास्थ्यकर्मीहरूले महिनौँदेखि तलब नपाउँदा उनीहरू नै आर्थिक संकटमा परेका छन्। समस्या समाधान नभए आन्दोलन अझै चर्किन्छ।"

मधेश प्रदेश सरकारका तर्फबाट अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार, सरकार आन्दोलन रोक्न पहल गरिरहेको भए पनि ठोस निर्णय नआउँदा असन्तुष्टि बढ्दै गएको छ। नेपाल चिकित्सक संघ, मधेश प्रदेशले भने यदि चाँडै समस्या समाधान नभए थप सशक्त आन्दोलन घोषणा गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१