Siraha Times
ताजा समाचार

लहानमा मुसहर समुदायलाई १४ कोठे सामुदायिक शौचालय हस्तान्तरण

  • चैत १८, २०८१
  • ७४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव,लहान  चैत्र १८ । लहान नगरपालिका–२१ कलाबन्जरस्थित मुसहर वस्तीका लागि १४ वटा कोठा भएको सामुदायिक शौचालय हस्तान्तरण गरिएको छ। शौचालय अभावका कारण लामो समयदेखि खुला शौच गर्न बाध्य स्थानीय मुसहर समुदायलाई सहजता पुर्‍याउने उद्देश्यले नगरपालिकाले यो सुविधा प्रदान गरेको हो।एक विशेष कार्यक्रमबीच लहान नगरपालिकाका मेयर महेश चौधरीले शौचालय सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नेपाल खानेपानी संस्थानका प्रतिनिधिहरू, दलित जनकल्याण युवा क्लबका सदस्यहरू, एलियन वाटर, वाटर एड तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।

नगरपालिका, नेपाल खानेपानी संस्थान, दलित जनकल्याण युवा क्लब, एलियन वाटर र वाटर एडको साझेदारीमा सञ्चालित ‘द विकन परियोजना’ अन्तर्गत उक्त सामुदायिक शौचालय निर्माण गरिएको हो। कुल २८ लाख ६२ हजार ८०८ रुपैयाँको लागतमा सम्पन्न भएको यस शौचालय परियोजनाबाट स्थानीय ४१ घरपरिवार लाभान्वित हुनेछन्।

नयाँ सामुदायिक शौचालयमा पानी, विजुली र हातधुने ठाउँको उचित व्यवस्था गरिएको छ। साथै, अपांगता भएका व्यक्तिहरूको सुविधालाई ध्यानमा राख्दै छुट्टै अपांगमैत्री शौचालयसमेत निर्माण गरिएको छ। शौचालयको हस्तान्तरणपछि मेयर चौधरीले स्थानीय समुदायलाई यसको उचित व्यवस्थापन र दिगो प्रयोगमा ध्यान दिन आग्रह गरे। ‘स्वच्छता जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय हो, यो सामुदायिक शौचालयले खुला दिसामुक्त समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,’ उनले भने।

स्थानीय बासिन्दाहरूले नयाँ शौचालय निर्माण भएसँगै खुला शौचको समस्याबाट मुक्ति मिल्ने विश्वास व्यक्त गरेका छन्। ‘हामीलाई धेरै समस्या थियो, महिलाहरूलाई झनै अप्ठ्यारो थियो। अहिले आफ्नै गाउँमै व्यवस्थित शौचालय बनेको छ, हामीलाई ठूलो राहत मिल्यो,’ स्थानीय बासिन्दा रामबती मुसहरले भनिन्। यस परियोजनाबाट मुसहर समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ। नगरपालिकाले आगामी दिनमा अन्य वस्तीहरूमा पनि यस्ता आधारभूत सुविधाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१