चौथो कटारी गोल्डकपको तयारी पुरा , शनिबार आयोजक र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा हुँदै

  • चैत १०, २०७४
  • ६६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १०, २०७४ / कटारी: शनिबारदेखि उदयपुरको कटारीमा चौथो कटारी मेयर गोल्डकप कप फुटबल प्रतियोगिता सुरु हुँदै छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पुरा भएको छ । शनिबार उदघाटन खेलमा आयोजक कटारी ११ र सहारा क्लब पोखराबीच प्रतिष्पर्धा हुँदैछ । प्रतिष्पर्धाका लागि सहाराका क्लब कटारी आईपुगिसकेको छ ।

प्रतियोगितामा सहारा क्लब, गोरखा ब्वाईज रुपन्देही ,बनेपा ब्वाईज क्लब , सरस्वती क्लब काठमाडौं , झापा ११ , चर्च ब्वाईज, संकटा क्लब र आयोजक कटारी ११ सहित ८ टिमले प्रतिष्पर्धा गर्दैछन् । गोल्डकप विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् । कटारी नगरपालिका र साथीसमूहको संयोजनमा आयोजना गर्न लागिएको चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता सम्पन्न गर्न ३२ लाख खर्च हुने अनुमान छ ।

यसपटकको गोल्डकप ऐतिहासिक हुने आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए ।‘साविकको भन्दा पुरष्कार चारगुणा बढाएका छौं , त्यस्तै टिमहरुको सहभागितामा ए डिभिजनका ३ क्लव र मोफसलका एकेडेमी संञ्चालित सहारा , झापा लगायता टिमले गर्दा यो गोल्डकप ऐतिहासिक हुनेछ ।’गोल्डकपका लागि बेराघेरा , मैदानको तयारी , टिकट व्यवस्थापन लगायतका सबै तयारी पुरा भएको समेत कटुवालले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१