Siraha Times
ताजा समाचार

मिर्चैया नगरपालिकाद्वारा जनता प्रती दमन बारे देउवालाई प्रदेश सभापति यादवको बृफिङ्ग

  • फागुन १४, २०८०
  • १९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । मिर्चैया नगरपालिकामा भइरहेको बेथिति र भ्रष्टाचार लगायत नेता कार्यकर्ताहरु माथी लगाएको झुठा मुद्दा बारे नेपाली काँग्रेसका सिराहा क्षेत्र नं.४प्रदेश (क) का सभापति दिपेन्द्र यादव धनेश्वर,नगर सभापति रमेश न्याैपाने लगायतका समुहले नेपाली काँग्रेसका सभापित तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष पुगी जानकारी गराएका छन् । 

नेपाली काँग्रेसका यूवा नेता तथा नेपाली काँग्रेसका सिराहा क्षेत्र नं.४प्रदेश (क) का सभापति दिपेन्द्र यादव धनेश्वरले भने भ्रष्टाचार, बेथिति, पक्षपातको विरुद्ध र जनताको हितका लागि सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दल र सर्वसाधारण व्यक्तिहरुद्वारा २०८० माघ २८ गते गरिएको शान्तिपूर्ण संयुक्त आन्दोलनका क्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवको ठाडो निर्देशनमा प्रहरी प्रशासनले बल प्रयोग गरी आन्दोलनकारीहरुलाई धरपकड गरेको घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्नुकाे साथै उक्त विषयलाई लिएर राजनीतिक पूर्वाग्रह राखी स्थानीय नेताहरु दिपेन्द्र यादव धनेश्वर, रमेश न्यौपाने, नेवि संघका केन्द्रीय सदस्य जिवछ यादव लगायत २४ जनाका विरुद्ध दर्ता गरिएको राजनीतिक प्रतिशोधपूर्ण झुठा मुद्दा अविलम्व फिर्ता लिन नेपाली कांग्रेस सरकारसँग जोडदार माग गरेका छाै ।

त्यस्तै नगर प्रमुख श्रवण यादवबारे उच्च स्तरिय निष्पक्ष छानविन हुनु पर्ने लगायत समसमायिक विषय बस्तुलाई मिर्चैयाबाट बाेकी हामी नेपाली काँग्रेसका सभापित तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष उनकै निजि निवासमा पुगेर जानकारी गराएकाे बताए । प्रहरी प्रशासनलाई समेत मेयर यादवले सत्ता र शक्तिको आडमा चरम दुरुपयोग गरिरहेको भन्दै उनीहरूले सरकारलाई यसप्रति चासो लिन उनीहरूले आग्रह गरेका छन् । यो घटनाको छानबिन गरि सुल्झाउनुपर्ने र मेयर यादवलाई व्यवस्था विरोधी हर्कत गरेकोले दण्डित गरिनुपर्ने उनीहरूले माग गरेका छन् । मेयरको गलत कुकृत्यको विरोध गर्दा जघन्य अपराध गरेको जस्तो आफूहरूमाथि मुद्दा लगाउनु माउवादी सरकारकाे गण-तन्त्र अर्थात बन्दुकाे नाेकमा कार्य मात्रै रहेकाे प्रती सशक्त आन्दोलन थाल्ने चेतावनी उनीहरूले दिएका छन् । यसको विरोधमा उनीहरूले पटक पटक विरोधका कार्यक्रम गर्दै पनि आएका छन्

प्रतिक्रिया दिनुहोस

सिरहामा ‘राष्ट्रिय प ...

सन्जय महरा सिरहा, १५ वैशाख । सिरहा जिल्लामा बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था पहि ...

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१