Siraha Times
ताजा समाचार

भगवानपुरको पहिचान बालासुन्द्री मन्दिर अलपत्र स्थानीय सरकार बेखवर

  • माघ २४, २०८०
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ माघ । सिरहाको भगवानपुर गाउँपालिका १ मा अबस्थित निकै पुरानो भगवति शक्तिपिठ बालासुन्द्री भगवति मन्दिर अलपत्र अबस्थामा रहेको देखिन्छ। भगवानपुरको शान र पहिचानको रुपमा रहेको यो मन्दिर ट्रस हुदाहुदै यसको उन्नति र प्रगति नहुनु दुखद पक्ष हो भन्दा फरक नपर्ला। बिगतका बेचन यादव नेतृत्वको स्थानिय सरकारले यो मन्दिरको भौतिक संरचना निर्माण कार्य शुरु गरेका थिए। महल त ठ्डडाइयो तर बाङ्गियो अनि त्यो मन्दिरको अबस्था जस्ताको त्यस्तै रहेको अबस्था छ आखिर किन? अहिले उग्रनरायण यादव नेतृत्वको स्थानीय सरकार छ अनि अहिले सम्म मन्दिरको बिषयमा कुनै ठोस कदम उठ्न सकेन किन? 

अन्तर्राष्ट्रिय स्तरमा नाम चलेको बालासुन्द्री मन्दिर पर्यटकको गन्तव्य किन भैरहेको छैन? यस तर्फ स्थानिय सरकारको उपस्थिति न्युन देखिएको छ। केहि समय अगाडी त्यहाँका स्थानीय युवाहरू आनन्द झा, सरोज झा, सन्तोस झा लगायत सम्पुर्ण झा परिवार सहित स्थानीय भगवानपुरका सबै जाती समुदायका युवाहरू जोस जागरका साथ अगाडी बढेका थिए त्यसको फल स्वरुप ट्रस त दर्ता भयो तर अहिले निष्क्रिय छ अनि कसरी बिकास हुन्छ मन्दिरको।

तत्कालीन युवा अहिले संघिय सांसद भगवतिकै दायामा जिवन शुरु गरेर यस क्षेत्रको अत्यधिक मतले बिजय भै केन्दिय राजनैतिकमा पुगेका माननिय रामशंकर यादवको प्राथमिकतामा यो मन्दिर किन परेन? जुझारु नेता प्रदेश सांसद माननीय राजकुमार गुप्तालाई पनि अत्यधिक मत सहित यस क्षेत्रका जन्ताले पठाएका हुन उहाँको नजर साथमा प्रदेशकै सांसद माननीय ललिता दासको नजर मन्दिर सम्म किन पुगेन? नेता ज्युहरु भाषणमा जे पनि बोल्ने तर बिकासको मामलामा चुप लागेर बस्ने यो सोहाएन।

किन स्थानिय सरकार यस तर्फ गम्भिर छैन? यो आम नागरिकको सवाल प्रति सम्बन्धित निकाय र संस्कृति तथा पर्यटन मन्त्रालयको ध्यानाकर्षण होस। आफ्नो गाउँ ठाउँ आफै बनाउनु पर्छ भन्छ यो सहि भनाइ हो। जब सम्म स्थानीय सबै पक्ष एक जुट हुदैन तब सम्म बिकास हुदैन। यस मन्दिरको बिकासका लागी अब यस क्षेत्रका आमनागरिक समाज आ आफ्ना ठाँउ बाट उठ्न जरुरी छ युवा शक्ति जागरुप हुन जरुरी छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१