Siraha Times
ताजा समाचार

शिक्षाको स्तर उकास्न भगवानपुरमा अन्तरबिधालय हाजिरी जवाफ प्रतियोगिता

  • माघ २०, २०८०
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० माघ - विद्यार्थीहरुको शिक्षा स्तर उकास्न र आत्मवल बढाउन भगवानपुर गाउँपालिकामा माबी स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका पुर्व विद्यार्थी मञ्चले आयोजना गरेको प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।इन्जिनियर सरोज कुमार यादवको विशेष पहल नेतृत्वमा प्रतियोगिता गराउन सफल भएको स्थानीय शिक्षक महेश यादवले जानकारी दिनु भयो।

Open photo

आयोजक बिधालयका पुर्व विद्यार्थीहरु नेपाल सरकारको विभिन्न सरकारी सेवामा रहेका छन्।पुर्व विद्यार्थी रिझन यादव राष्ट्रिय अनुसन्धानका dsp हुन भने ब्रहमदेव यादव शिक्षक हुन तस्तै सरोज कुमार यादव इन्जिनियर रहेका छन् अरु सयौं विद्यार्थीहरु विभिन्न देश बिदेशमा राम्रो रोजगारी पाएका छन्। भगवानपुर गाउँपालिका अन्तर्गत जम्मा ३ वटा उच्च माध्यामिक बिधालय रहेका छन्। प्रत्येक बिधालयबाट पाँच जना गरी जम्मा १५ जना विद्यार्थी प्रत्यक्ष रूपमा प्रतियोगितामा भाग लिएका आयोजक बिधालय प्र.अ. जिबछ प्रसाद यादवले जानकारी दिनु भयो।प्रतियोगितामा बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका प्र.अ.सन्तोष कुमार झा,कक्षा१० मा अध्यनरत विद्यार्थी रोशन कुमार यादव,प्रियका कुमारी मंण्डल कक्षा १०,राधेश्याम यादव कक्षा१०,विवेक कुमार यादव कक्षा ९,पुजा कुमारी यादव कक्षा ८,शिक्षक प्रतिनिधि राम नारायण यादव उपस्थिति रहेको थियोे।

Acidant 4

 

हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा प्र.अ.संजय कुमार यादव विद्यार्थी सरोज कुमार यादव,दिपु कुमार यादव,पुजा कुमारी महतो,अमरनाथ मंण्डल,मनिषा कुमारी यादव कार्यक्रममा सहभागी रहेको थियो।लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका प्र.अ. जिबछ यादव विद्यार्थी नागेन्द्र यादव,इबरेस साह,चन्दन साह,उषा कुमारी यादव,बिधा लक्ष्मी चौधरी,प्रतियोगितामा सहभागीरहेको आयोजक समितिले जानकारी दिनु भयो। प्रतियोगितामा नेतृत्व लिएका विद्यार्थी सरोज कुमार यादव,प्रियका कुमारी मंण्डल,नागेन्द्र कुमार यादवले अ- आफ्नो टिमबाट नेतृत्व लिएका पुर्व विद्यार्थी इन्जिनियर सरोज कुमार यादवले जानकारी दिनु भयो।

Acidant 6 आयोजक बिधालयका प्र.अ.जिबछ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष उग्रनारायण यादव,बिशिस्ट अतिथि वडा अध्यक्ष सुर्य नारायण यादव रहेको अङ्ग्रेजी शिक्षक राम दयाल यादवले बताए।कार्यक्रम प्रमुख अतिथि र बिशिस्ट अतिथिको उपस्थिति नरहेकोे शिक्षक महेश यादवले जनाए। प्रतियोगितामा लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका विद्यार्थी २० अंक ल्याएर प्रथम हुनु भएको थियो भने बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका विद्यार्थी १९ अंक प्राप्त गरी दोश्रो स्थान ल्याएको र हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा १६ अंक प्राप्त गरी तेस्रो स्थान ल्याउन सफल भएको शिक्षक राजेश्वर यादवले जानकारी दिनु भयो। प्रथम दोश्रो र तेस्रो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई सिल्ड मेडल प्रमाणपत्र समान्य ज्ञान्,डाईरी कलम प्रदान गरी सम्मान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

२ ग्राम ६७ मिलिग्राम ...

ओम प्रकाश यादव लहान, साउन ९। सिरहा प्रहरीले २ ग्राम ६७ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषधसहि ...

स्वास्थ्य केन्द्रमै ...

कुलानन्द यादव सिराहा साउन ९ । सिरहाको भगवानपुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र परिसर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१