Siraha Times
ताजा समाचार

सामाजिक, धार्मिक कार्यमा निरन्तर वाडा अध्यक्ष सरोज महतो

  • माघ ९, २०८०
  • ६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, माघ ९ । सिरहाको धनगढीमाई १० का वाडा अध्यक्ष सरोज महतो सामाजिक कार्यका अतिरिक्त धार्मिक कार्यमा पनि निरन्तर लागिरहनु भएको छ । स्थानिय स्तरमा आयोजना हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यहरुमा वाडा अध्यक्ष महतोको सक्रियता पछिल्लो समय बढेको अवस्था रहेको देखिन्छ । स्थानिय बजारमा आयोजना हुने धार्मिक कार्यहरुमा उनको सक्रियता सरसफाई लगाएत कलश यात्रा ,शोभा यात्रा तथा धार्मिक अनुष्ठानका लागि बढी हुने गरेको पाइन्छ ।

आफ्ना वाडाको समग्र विकास प्रति वफादार वाडा अध्यक्ष महतोले यसपटकको दशैं तिहारको पावन अवसरमा स्थानिय बजारको सरसफाई र दुर्गा पूजाको लागि समेत आफ्ना सक्रिय भूमिका देखाएका थिए । छिमेकी राष्ट्र भारतको अयोध्यामा भएको भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा धनगढीमाई १० स्थित रहेको रामजानकी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यमा उनको सक्रियता पूर्ण भूमिकाको मूल्यांकन गरिएको छ ।

आयोजित कार्यक्रम अन्तर्गत वाडा अध्यक्ष महतो बिहानदेखि धार्मिक र्याली सहित पावन अवसरमा निकालिएको धार्मिक कार्यका लागि दिनभर व्यस्त देखिनु भएको थियो । प्राण प्रतिष्ठाको अवसरमा सिरहाको धनगढीमाई १० को धनगढी बजारमा रहेको रामजानकी मन्दिर दिनभरी भरीभराऊ र सजिसजाऊ रहेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१