सामा चकेवाको विसर्जन विधिपूर्वक गरिदै

  • मंसिर ११, २०८०
  • १४७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर ११ ।कार्तिक शुक्ल पञ्चमी तिथिवाट शुरु भएर पूर्णिमा तिथिसम्म दिदीबहिनीहरुले दाजु भाईको दिर्घायुको कामना गर्दै खेल्ने समाचकेवा करिब ९ दिनसम्म खेलेर पूर्णिमाको रातमा भर्खर जोतिएको खेतमा विसर्जन गर्ने चलन रहेको भएता पनि ठाउनुसार पोखरी ,नदी वा जलाशयमा पनि विसर्जन गर्ने गरिन्छ । अन्तिम दिन सामा चकेवालाई दाजू भाईले विषेश आशनमा बसेर तीघ्रामा राखेर फुटाएपछि दिदीबहिनीले दाजू भाईलाई च्युरा, दही खानका लागि दिने चलन रहेको छ । बेलुका अबेला रातिसम्म सामूहिक रूपमा खेलिने सामा चकेवा मनोरञ्जनको साथ नौ दिनसम्म धुमधामले लोक भाकामा गित गाउँदै खेलिन्छ ।

सामा-चकेवामा पात्रहरू सामा , चकेवा, चुगला, सतभईया, वनतितिर, झाँझी कुत्ता, वृन्दा वन लगायतका मूर्तिलाई फुटाएर विसर्जन गरिन्छ । धुमधाम , खुशी हर्ष र मनोरञ्जनको साथ खेलिने यी सामा चकेवाको बिदाईले नौ दिन पश्चात् भसाउने दिनमा बिबाह पछि छोरिको बिदाई भएको जस्तै भाबुक र बिभोरपूर्ण गीत गाएर बाजा गाजा सहित फूल मालाले सजाएर सामाचकेवालाई विसर्जन गरिन्छ । कात्तिक शुक्ल पूर्णिमाका दिन मध्यरातिमा एकैसाथ गाउँको खुला खेतमा गई समाचकेवाको आकर्षक मूर्तिलाई विसर्जन गर्दै पर्व समापन गरिन्छ ।

कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा बिसर्जन गरिन्छ । सामा चकेवा मुख्यपात्रको रुपमा रहन्छ भने यसमा खल पात्रको रुपमा चुक्ला, चुग्ली रहन्छ । अन्य चरा चुरुङ्गीको स्वरुपहरु निर्माण गरेर पञ्चमी देखि पूर्णिमासम्म डालामा सजाएर आफ्नो दाजू भाईको वीरताको बखान गीत मार्फत गर्ने चलन रहेको छ ।

समाचकेवालाई नदि, सरोवर, तलाउमा विसर्जन गरिन्छ भने खल पात्रको रुपमा रहेको चुग्ला, चुग्ली सहितको पात्रलाई गाउँको छेउँमा रहेको फोहर खेतमा लगेर विर्षजन गर्ने चलन रहेको छ । सामा चकेवा विसर्जनको दिन कतिपय ठाउँमा र्याली निकालिएको छ भने मौलिक संस्कृति अन्तर्गत विविध कार्यक्रम समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१