सिरहा र धनुषा जोडने झोलुंगे पुलको निर्माण अन्तिम चरणमा

  • मंसिर ३, २०८०
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३ मंसिर सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन झोलुंगे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिरहा न.पा.१३ को मलहनियाँ र धनुषाको जनकनन्दिनी गा.पा. ६ कठाललाई जोड्ने यो पुल निर्माण भएपछि दुबै जिल्लाका नागरिकलाई आवतजावत गर्न अब सजिलो हुने स्थानीयवासीहरुको भनाइ छ । संघीय सरकारको २८ करोडको लागतमा निर्माण भइरहेको सो झोलुंगे पुल सम्भवतः नेपालमा दोस्रो ठूलो लामो पुल भएको अनुमान गरिएको छ । २०७९ असोजदेखि सुरु भएको र २०८१ असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आउने यस पुलको लम्बाई १५०१ मिटर र चौडाई ४ फिट रहेको इन्जिनियर विनोद कुमार मण्डलले बताएका छन।

बिगत धेरै बर्ष देखि नेपाली जन्ता भारतको बाटो प्रयोग गरी कमला नदि वारपार गर्ने गरेको थियो तर अब यो पुल सञ्चालनमा आएपछि भारतको बाटो भएर आवातजावत गर्ने समस्या हटेर जाने स्थानीयहरुको दावी छ। दिन्हु दुबै जिल्लाका हजारौं मानिसलाई ओहोरदोहर गर्न सजिलो हुने बताउँदै एक स्थानीयले भने केही मिटरको फरकमा भए पनि सिरहा जानलाई पूर्व पश्चिम राजमार्ग भएर जानुपर्ने बाध्यता छ । तर यो पुल निर्माण भएपछि मोटरसाईकल लगायतका सवारीसाधानले सहज रुपमा आवतजावत गर्न सकिन्छ ।

हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतीक्षित कमला पुल भत्किएपछि मानिसहरुलाई आवातजावत गर्न समस्या भएकोले सो पुलको विकल्पको रुपमा झोलुंगे पुल कोशेढुंगा सावित हुने सो क्षेत्रका सर्वसधारणको भनाइ छ । पुल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने देखिन्छ।थानी निर्माण सेवा काठमाडौंले सो पुलको निर्माण ठेक्का लिएको उक्त पुलमा १० वटा पिलरहरु रहेको छ । २०७६ सालमा सर्वे गरी सरकारसँग पुल निर्माणको लागि बजेट माग भए पनि कोरोनाको कारण यो प्रक्रिया प्रभावित भएको थियो । तर सोही वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा बजेट स्वीकृति भइ पुलको निर्माण कार्य सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका–२ ...

ओम प्रकाश यादव, लहान, २८ वैशाख। धनगढीमाई नगरपालिका–२ मा १५ शैयाको सुविधा सम्पन्न स्वास्थ्य चौक ...

सिरहाको मौवाहीमा स्व ...

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण ...

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१