Siraha Times
ताजा समाचार

मौलिकता पहिचान बोक्दै सामा चकेवा पर्व

  • मंसिर १, २०८०
  • १०७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंगसिर ०१। मधेशमा द्वापर युगदेखि चली आएको धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व 'सामा-चकेवा' पर्व कात्तिक महिनाको शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाईन्छ । कार्तिक महिनामा मनाइने यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाईन्छ । यस पर्वमा द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको पाईन्छ । यस पर्वमा सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन्छ जुन माटोको बनाइन्छ ।

यस पर्वमा सबै पात्रलाई माटोको आकृति रूप दिइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर दिदी बहिनीहरु मनोरञ्जन गर्दछन् । बेलुका दिदी बहिनीहरु आ-आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न गाउँको एक ठाउँमा वृत्ताकार रूपमा भेला भएर एक ठाउँमा बसेर यो पर्व मनाइने गरिन्छ । दिदी बहिनीहरुले यस पर्वमा " डालाले बहार भेली, बहनोसे सबको बहिनो " " सबको भईया लेल डाला छीन, सुनु गे राम सजनी…"। भन्ने गीत गाएर प्रत्येक बेलुका सामा चाकेवा खेल्दछ ।

महिला दिदि बहिनीले " सिरी रे जनकपुरसँ आबी गेल भमरा लागि गेल पनमा दुकान…"। ' धान-धान-धान, भईया कोठी धान चुगला कोठी भुस्सा…"। " वृन्दावनमे आगि लागै कोइ ने मुझावे हे हमर भैया फलना भैया दौडि-दौडि मुझाबे हे…"। " सामचको, सामचको अइह हे जोतल खेतमे बइसिह हे…"।

“ गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय " लगाएतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारौ दिनमा बिहानै सामा चकेवालाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरी सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर सामा चकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने चलन रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१