हेल्प मधेसी नेपालको शुभकामना अदान प्रदान

  • कार्तिक २५, २०८०
  • ८७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान -हेल्प मधेशी नेपालले एक कार्यक्रमको आयोजना गर्दै भेटघाट तथा शुभकामना अदान प्रदान गरेको छ। संस्थाका केन्द्रिय अध्यक्ष श्री राम उदगार यादवको अध्यक्षतामा आयोजित कार्यक्रमम प्रदेश संसद राम अशिष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

संस्थाको संस्थापक तथा समाजिक अभियनता प्रभात महतोको विशिष्ट आतिथ्य तथा श्रीरेश्वरनाथ - ८ वडा अध्यक्ष मोद कुमार महतो,संस्थाका मलेशिया अध्यक्ष दिपक मंडल, साउदीका अध्यक्ष राम दुलार मंडल ,कतारका उपाध्यक्ष शिव कुमार महतो ज.स.पा नेपाल प्रदेश सदस्य तथा महिला अधिकारकर्मी सबिता यादव, हिन्दु सम्राट सेना केन्द्रिय उपाध्यक्ष,लक्ष्मी साह, हिन्दु सम्राट महिला प्रमुख मन्जु मंडल,नेपाल वार एसोसिएसन प्रतिनिधि रिंकु कुमारी यादव,मठियन समाज सेवा प्रतिनिधि धनिकलाल कापर, स्वतन्त्र युवा कलव प्रतिनिधि संतोष कुमार साह , शिव शक्ति युवा कलव प्रतिनिधि कैलाश प्रसाद साह, कमला महिला उन्थान बचत तथ ऋण सहकारी संस्था प्रतिनिधि रुपा सुबेदी, नौ सय बिगहा संस्था प्रतिनिधि अरुण मंडल, संस्थाका सप्तरी कोषाध्यक्ष रामजी यादव,अन्तर्राष्ट्रिय कोषाध्यक्ष रकेश राय, सेवक इन्द्रजित यादव ,गुरु राम भगत साह, सेवक रिजक राजक, राम जानकि युवा कलव प्रतिनिधि बिलेश यादब तथा असमान नेपाल महिला प्रतिनिधि रेखा यादव लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले आफ्नो शुभकामना कामना राख्नु भएको थियो ।

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा संस्थाका सप्तरी अध्यक्ष रिना झाले स्वागत मन्तव्य राखेका थिए।दिपावलि तथा छठ पर्वको अवसरमा हेल्प मधेशी संस्थाले त्यही कार्यक्रममा तीन घर पिडित परिवारलाई जम्मा ७०७५०/-अक्षरेपी सतर हजार सात सय पचास रुपैया आर्थिक सहयोग गरेको छ। आर्थिक सहयोग पाएका पिडित धनुषाको क्षीरेश्वर नगरपालिका -१ रमदैया भवाडीका क्यान्सर पिडित तपेश्वर ठाकुर वरहीलाई १५५००/-धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका -८ को दुर्घटनामा परी हाड भाजिएको सन्ताेश कुमार महरा उपचार खर्च बापत मलेशिया बाट १५०५०/- तथा संस्थाको सेवक दिलिप मंडलको परिवारमा एक जना रोगको सिकार हुँदा उपचार खर्चको लागि कतारबाट रु. ४०,२००/- आर्थिक सहयोग भएको छ।

बिहिबार धनुषाको विरेन्द्र बजार स्थित कबिर कुटिको प्राङ्गणमामा आयोजित कार्यक्रममा उपस्थित संस्थाका विभिन्न देशबाट बिदामा आएका तथा सहभागी सम्पूर्ण अतिथिहरुलाई प्रसंशा पत्रले सम्मान गरेको थियो। संस्थाको सेवक अमरेश कुमार यादवले कार्यक्रम संचालन गरेको थियो।

प्रतिक्रिया दिनुहोस

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१