राजपुर नगरपालिकामा अधिकृत रौनियार हाजिर

  • कार्तिक २२, २०८०
  • ५७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रौतहट २२ कार्तिक। रौतहट जिल्लाको राजपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा मुना साह रौनियार हाजिर भएका छन् । बुधवार राजपुर नगरपालिकाका नगरप्रमुख मोहमद राजिक आलमले प्रमुख प्रशासकीय अधिकृत रौनियारलाई टिका माला लगाई स्वागत गरेका छन् । बाराको परवानीपुर गाउँपालिका बाट केहि दिन पहिला मधेश प्रदेशको मुख्यमन्त्रि कार्यालयमा प्रमुख पर्शासकीय अधिकृत रौनियारको सरुवा गरिएको थियो । हालै सामान्य प्रशासन मन्त्रालयले राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुना साह रौनियारलाई सरुवा गरे पछि रौनियार बुधवार राजपुर नगरपालिकामा हाजिर भएका छन् । राजपुर नगरपालिकालाई जिल्लामा नमुना नगरपालिका बनाउने काममा आफुले नवनिर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिए सम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत रौनियारले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१