शिक्षाले दिएको शीपलाई बाड्दै ई.सन्तोष

  • कार्तिक १७, २०८०
  • ६१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा कात्तिक १७ । जीवनमा हरेक व्यक्तिलाई कुनै न कुनै चुनौती हुन्छ नै तर पनि विद्यार्थी  छुट्टा छुट्टै, गुण बिशेषता, लगनशीलता,शिक्षा, प्रतिभा र मिहिनेत हुन्छ त्यस मध्ये  विशिष्ट प्रतिभालाई बुझेर त्यसलाई व्यक्तिगत, शैक्षिक तथा सामाजिक रुपमा प्रस्तुत गरि सामाजिक हितका लागि काम गर्न सक्ने क्षमतावान व्यक्ति कमै हुन्छन्। यसकै  उदाहरण हुन एउटा जेहेन्दार इन्जिनियर जुन मधेशको सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाका २७ बर्षे युवा ई. सन्तोष कुमार यादव। उनी सानै देखि पढाइमा अब्बल थिए नै एस.एल.सि सँगै प्लस टु’ पनि राम्रै अंकले पास भए लगतै ईन्जिनियर बन्ने सपना लिएर कडा प्रतिस्पार्धा बिच “इन्स्टिच्युट अफ इन्जिनियरिंग” पुल्चौकमा २०७२ सालमा भर्ना भए ।

पढाइसंगै उनी समाजका विद्यार्थी, समाजमा भएका कुकृति विरुद्ध सहित अन्य क्रियाकलापमा संलग्न हुन खोज्ने सन्तोषको जिवनको एउटा महत्वपूर्ण उद्देश्य रहेको थियो साथै देशकानिम्ति केहि सिकौ, केहि गरौँ भन्ने पनि थियो । त्यही भएर क्याम्पसमा हुने विभिन्न क्रियाकलापमा पनि उनी खुबै रुचि राख्थे । त्यहीँ दौरानामा एकपटक उनी अध्ययनरत पुल्चौक क्याम्पसमा राष्ट्रियस्तरको शैक्षिक प्रदर्शनी हूने भयो जुन उनको लागि एकदमै नयाँ र चाखलाग्दो विषय थियो, जसमा उनले पनि भाग लिएर केही फरक फरक प्रसंगको बारेमा सिकाई तथा सिर्जनशीलताको अनुभव लिने निर्णय गरे ।

जब यो प्रदर्शनीको मैदानमा उनी उत्रे, उनको मनभित्र एउटै प्रश्न आयो, “यस्तो पनि हुन्छ र” भन्ने ? त्यहाँ भएका हरेक चिज उनको लागि नौलो तथा अचम्मित बनाउने किसिमको थियो । त्यही रनभुल्लमा परेको कारण उनले महसुस गरे कि मैले कहिल्यै नदेखेको, थाहा नपाको, नसुनेको कुरा बल्ल थाहा पाए तर म जन्मेको, हुर्केको, पहिलो पटक क ख ग घ सिकेको ठाउँमा त अझै पनि “विज्ञान, कला, सीप, प्रदर्शनी” बारे त अनभिज्ञ नै छन । तसर्थ, यस्ता कार्यक्रमहरु मैले आफ्नो घरतिर, गाउँतिर गराउनुपर्छ भन्ने सोचकासाथ पहिलो पटक सिरहाको लहानमा सन्तोषसहित उनको टिमले “विज्ञान तथा कला प्रदर्शनी,२०७२” आयोजना गराएका थिए र  सफल भएका थिए । जसमा १०, ००० भन्दा बढि व्यक्तिहरुले प्रदर्शनी अवलोकन गरेका थिए भने ३० भन्दा बढि विधालयहरुबाट ५५० भन्दा बढि विधार्थीहरुको कला, आविष्कार तथा आइडिया सहितको सहभागिता रहेको थियो ।

सन्तोषकोलागी यसरी कार्यक्रम आयोजना गरी सफल बनाउनु त्यति सजह थिएन । विभिन्न आरोह अवरोधका विच संहर्ष गर्दै अगाडि बढनु परेको थियो । कार्यक्रम सबैका लागि नौलो विषय भएकोले कार्यक्रमको स्पष्ट खाका सहितको अवधारणावारे टिमलाई वुझाउन पनि एकदमै चुनौतिपूर्ण थियो । विधालयहरुलाई सहभागिताकालागि एक एक विधालयमा गएर हरेक कुरा बुझाउन सक्नु अर्को जटिल कार्य थियो । त्यसमाथि कार्यक्रम स्थलको रुपमा तोकिएको कुनै निजि विधालयको प्राङगनमा र अर्को निजि विधालयहरु सहभागि भएर पनि आउन नमान्ने खालको परिस्थिति थियो । त्यस्तै, कार्यक्रम सफल बनाउन आर्थिक रुपमा सहयोगीहरु भेटाउन पनि चुनौतीपूर्ण थियो ।

तर भनिन्छ नि “लेवर नेभर गोज इन भेन” भनेर । त्यसैले उनले गरेको मेहनतले पनि रंग ल्यायो र उनको पहिलो कार्यक्रम सफल भयो । तर विडम्बनाको कुरा के थीयो भने कुनै नृत्य, डान्स तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको नाममा सहजै जुट्ने अर्थ र सहयोग , शिक्षा क्षेत्रको नाममा भने विरलै मात्र जुट्छ । जे जस्तो भए पनि यस कार्यक्रमको सफलताले सन्तोषको हौसलामा भने अझै बल पुर्‍याउने काम गर्यो ।

फलस्वरुप उनले आफ्नो जन्म गाउँ नवराजपुरमा दोस्रो पटक “विज्ञान तथा कला प्रदर्शनी, २०७३” गराउन सफल भए, जसमा ४४५ विधार्थीहरुको सक्रिय सहभागित थियो भने २२ वटा सामुदायिक विधालयहरुले समेत प्रतिनिधित्व गरेका थिए । त्यसैगरी २०७४ मा सिरहाको गोलबजारमा समेत शैक्षिक प्रदर्शनी गराएका थिए, जहाँ हाजिरी जवाफ प्रतियोगिता गराउनुका साथै “आरम्भव सार्वजनिक पुस्तकालय” सञ्चालनमा ल्याए। तत्पश्चात्, वर्ष २०७६ मा गोलबजार मै अर्को एक्पोको सफल आयोजना गर्दै शिक्षा क्षेत्रमा एउटा नयाँ अभ्यास गराउने युवाको रुपमा परिचित भए ।

उक्त एक्पोमा ५०० जना विधार्थीहरुको सहभागितासँगै ३५ भन्दा बढि विधालयहरुको समेत सक्रिय सहभागिता थियो । भर्खरै २०७९ मा काठमाडौमा २ दिने राष्ट्रियस्तरको “अर्विट ईन्जिनियरिङ्ग एक्स्पो” सफल गराउन पनि अह्म भुमिका निर्वाह गरेका सन्तोषले उदयपुर जिल्लामा पहिलो पटक “रौतामाई विज्ञान तथा कला प्रदर्शनी, २०७९” को आयोजनामा संयोजकको भुमिका निर्वाह गरेका थिए । संगै मिथिला कलालाई संरक्षण र प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रममा सहभागि हुँदै आएका छन । त्यही वर्ष युवतीहरुलाई लक्षित गरेर महिनावारीको समयमा पुनः प्रयोग हुने प्याड बनाउने तालिम संचालन गराई सचेतनामुलक क्रियाकलापहरु अगाडि बढाउदै लगे । 

आफनो मेहनत, परिश्रम र सोचका कारण विभिन्न कार्यक्रममा सम्मानित समेत भएका सन्तोष किँस कलेज, काठमाडौमा आयोजना भएको एक कार्यक्रममा प्लास्टिकलाई पुनः प्रयोग गरेर ईटा बनाउन सकिन्छ भने आईडिया प्रस्तुतीकरण गरे पछि प्रतियोगितामा दोस्रो स्थान ल्याउन समेत सफल भएका थिए र नेपाल पुर्वाधार समिट, २०१९ मा पनि त्यहीँ आईडिया मार्फत प्रथम स्थान ल्याउन सफल भए यी अतिरिक्त क्रियाकलापहरुको साथै आफ्नो र देशको भविष्य निमार्णका लागि नेपालको १८ भन्दा बढि जिल्लाहरुमा गई इन्जिनियरिंग मार्फत समेत आफुलाई स्थापित गरे । 

सबै ठाउँका सामाजिक, भौगौलिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा राजनीतिक अवस्थाहरुलाई नजिकबाट नियाल्दै गर्दा अब स्वास्थ्य क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने महसुस गर्दै रगत व्यवस्थापन अभियानलाई सबल बनाउने तर्फ लागे । त्यहि अभियान अन्तर्गत अहिले उनी “ब्लड फर नेपाल” टिम सिरहाका संयोजकको रुपमा नेतृत्व गर्दैछन । साथै सिरहाको लहानमै मिथिला सोसल क्लब स्थापना गरि सामाजिक कल्याणकानिम्ति अवस्था अनुसार विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकाछन् । उनकै पहलमा उनको आफ्नो गाउँ नवराजपुरमा अहिले नेपाल रेडक्रस सोसाईटिको उपशाखा सञ्चालनमा आएको छ  । सन्तोष भन्छन्, “सामाजिक संवाहक भई काम गर्नु भनेको आत्मसन्तुष्टिको विरुवा रोप्नु जस्तै हो, जसले मेरो खुशीको ढोकाहरु समेत खोल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

गा.पा. अध्यक्ष यादवक ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प् ...

बलान बिहुलमा अपराध न ...

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण ...

मधेश प्रदेशका अर्थमन ...

दुर्गानन्द पासवान दोहा २८ अप्रील । मधेश प्रदेशका अर्थमन्त्री संजय यादवलाई कतारमा सम्मान गरेका छन।मधे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१