Siraha Times
ताजा समाचार

लेखक यादव सम्मानित भए नवराजपुरमा

  • कार्तिक १३, २०८०
  • ६४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १३ कार्तिक। सिरहाको नवराजपुर गा.पा.अध्यक्ष शिव उदगार यादव(शिवा) नेतृत्वको स्थानीय सरकार द्वारा यसै गा.पा. ४ नहरनिया बासी एबं उच्च बौद्धिकत्व हासिल गर्न सफल हुनु भएका र शिक्षालाई नयाँ उचाइमा समेत पुर्याउन सफल हुनु भएका लेखक प्रोफेसर डा.योगेन्द्र प्रसाद यादवलाई एक कार्यक्रम बिच स्वागतका साथ सम्मान भएका छन।

सम्बादाताको सवालमा अध्यक्ष यादवले मेरो नेतृत्वको सरकारले अब हरेक क्षेत्रमा रहेका बिषयगत बिज्ञहरुको खोजीनिति गर्दैछन र यसरी नै बिज्ञहरु खोज्दै, स्वागत सम्मान गर्दै, जनबोलीको कदर गर्दै जति सक्दो छिटो पालिका बिकास गर्ने बताएका छन। अध्यक्ष यादव अगाडी थप्दै हाम्रो पालिका हरेक क्षेत्रमा अहिले पनि पछाडी नै छन र म जनचाहना मुताबिक जन्ताको साथमा लिएर अगाडी बढदै छौ साथ सबैको चाहियो त्यसैले मेरो बिरोध होस आलोचना होस सहज स्वीकार्य गर्छु बताउदै बिकास निर्माण कार्यमा सबै मिलि सहयोग गर्न सबै संग अपिल समेत गरेका छन।

तर हरेक क्षेत्रलाई एक साथ समेटेर पालिका बिकास गर्न खोजेका अध्यक्ष यादव नेतृत्वको स्थानीय सरकारलाई प्रमुख प्रशासकीय अधिकृत राजकिशोर शाहको राम्रो साथ र सहयोग यसपाली देखिएन। खास गरी उहाँको कुरो ठुलो तर काम सानो देखिएको छ। सरकार संचालनका लागी कर्मचारी टिम दर्हो चाहिन्छ। जोस र जागरका साथ अगाडी बढी रहेका स्थानीय सरकारलाई कर्मचारीको पनि भरपुर साथ र सहयोगको जरुरी छ। सम्मान कार्यक्रम पश्चात टोली सहित विभिन्न ठाउँ एबं (PHC,emmergency block) र विद्यालयहरुको अवलोकन समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१