Siraha Times
ताजा समाचार

खण्डग्रास चन्द्र ग्रहण लाग्दै

  • कार्तिक ११, २०८०
  • ८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ११ ।पृथ्वी, चन्द्रमा र सूर्य एउटा सीधा रेखामा पुग्दा बीचमा रहेको पृथ्वीको छायाले चन्द्रमालाई ढाक्ने अवस्थालाई चन्द्र ग्रहण भनिन्छ । पूर्णिमाको रातमा लाग्ने चन्द्र ग्रहण चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा सूर्य, पृथ्वी तथा चन्द्रमा एउटै सरल रेखामा रहँदा पृथ्वी बिचमा परेको बेला पृथ्वीको छाया चन्द्रमामा परी पृथ्वीबाट चन्द्र ग्रहण देखिन्छ । पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति असमानताको कारण ग्रहण लाग्ने गर्दछ ।

पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहणको स्थिति सिर्जना हुन्छ । आज नेपाली आकाशमा खण्डग्रास चन्द्रग्रहण राति १ बजेर १९ मिनेटदेखि २ बजेर ३८ मिनेटसम्म लाग्नेछ । आज पृथ्वीको छायाले चन्द्रमाको करिब ६ प्रतिशत भाग ढाक्ने बुझिएको छ । आज लाग्ने चन्द्रग्रहण १ घण्टा १९ मिनेटसम्म रहनेछ जसलाई प्रत्यक्ष आँखाले हेर्न सकिनेछ ।

सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमाको राति लाग्ने गर्छ । राति लाग्ने खण्डग्रास चन्द्र ग्रहणमा राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आईतबार बिहान १ः२० बजे ढाक्ने बताइएको छ भने आईतबार बिहान १ः५९ बजे ग्रहणको मध्य हुनेछ र बिहान ४ः१२ बजे विरल छायाले ढाक्न छोड्ने बुझिएको छ । नेपालका सबै भागबाट खण्डग्रास चन्द्र ग्रहण देख्न सकिने छ । सघन छायाले ढाक्ने अवधि एक घण्टा १८ मिनेटको र विरल छायाले ढाक्ने अवधि चार घण्टा २६ मिनेट हुने बताइएको छ ।

आजको ग्रहण ३८ मिनेटसम्म नेपाली आकाशमा देख्न सकिने अवस्था छ । चन्द्रग्रहण खग्रास र खण्डग्रास गरी दुई किसिमको हुन्छ । चन्द्रमाको कुनै पनि प्रकाश पृथ्वीमा आउन नसक्नेगरी छाया पर्नुलाई खग्रास चन्द्रग्रहण भनिन्छ त्यस्तो अवस्थामा "चन्द्रमा सुन्तला र गुलाबी रङ मिश्रित देखिन्छ " त्यस्तो देखिने चन्द्रमालाई रक्तिम वा ब्लड मून पनि भनिन्छ । पूर्णिमाको रातमा लाग्ने चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१