Siraha Times
ताजा समाचार

हिरा ठाकुर अभियानिले सहयोगीलाइ दिए शुभकामना

  • कार्तिक ५, २०८०
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स कार्तिक ५ । सिरहाको नवराजपुर गाउँ पालिकाको नवराजपुरमा हिरा ठाकुर  बल्ड क्यान्सरले पिडित हिरा ठाकुरको आखिरकार बाच्ने आस पलाएको छ  । बिगत २ वर्षदेखि रोगले त्राहीमाम भएकी महिलाको उपचारमा देश विदेशबाट भएको सहयोगले हिरा ठाकुरको नवजीवन प्राप्त भएको छ । २ वर्ष पहिला ठाकुरलाई बल्ड क्यान्सर भएको कुरा थाहा भयो त्यतिबेला उ माथि ठुलै पहाड खसे जस्तो भएको थियो किनकि गरिबीले सताएकी अर्को तिर  बिना काम काजका श्रीमान सम्पतिको नाउमा जम्मा १० कट्ठा धान खेति जसले वर्ष भरि गुजारा गर्न नि धौ धौ हुने र घरमा सुको पैसा नभएको बखत यस्ता विपद आइपर्दा आफु मरेकै जस्तो भए थिए । तर साहसी श्रीमानले गर्दा आज अझै केहि दिन यो संसार हेर्ने मौका पाउदा खुशी छु ।

यस्ता परिस्थितिमा मलाइ सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई दशैंको शुभकामना दिदै श्रीमान भोगेन्द्र ठाकुर भने म जस्ता बिचलिमा परेको बेला जुन सहयोग गरि मेरी श्रीमतीलाई बचाउनु भएको सहयोगी हातहरुलाई नमन छ । साथै आजैबाट म भोगेन्द्र ठाकुर हिराठाकुरको श्रीमान यहि मेडिया सिरहाटाइम्स मार्फत दुनियाको हरेक नेपाली नागरिकको अगाडी प्रण लिदैछु कि हजुरहरु जसरि नै हिरा ठाकुर बचाउ अभियान चलाई मेरी श्रीमती बचाउनु भएछ त्यसरी नै म पनि समस्यामा परेको गरिब गुरुवाको लागि सहयोग गर्ने छु ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१