Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारीमा एक बालिका माथि समुहिक अभद्र ब्यबहार

  • कार्तिक ५, २०८०
  • १३१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ५ । सिरहाको लक्ष्मीपुर पतारिमा एक बालिकामाथि गए राति सामूहिक रूपमा अभद्र ब्यबहार गरिएको छ । स्थानिय रामपुर दुर्गा मन्दिर परिसरमा आयोजित झिझिया कार्यक्रममा सहभागी भएर आफ्ना साथीहरुसंग घर फर्किने क्रममा बालिका माथि युवाहरुको समुहले उक्त ठाउँमा रहेको कलभर्टमा लगेर अभद्र ब्यबहार गरिएको बताइएको छ ।

घर फर्किने क्रममा १७ वर्षीय बालिकाले आफूलाई पिसाब लागेको भन्दै आफूसँग रहेको साथीलाई पर्खिन लगाएर पिसाब गर्न लाग्दा युवाहरुले उनलाई उक्त ठाउँबाट नियन्त्रणमा लिएर हातले मुख थुनेर अभद्र ब्यबहार गर्न लाग्दा आफ्नो कुहिनाले धकेलेर मुख खोल्न सफल बालिकाको मुखबाट रोएको आवाज सुनेपछि बाटोमा उनलाई पर्खेर बसेका साथीले रोई कराई गर्दा स्थानिय जम्मा भएपछि उनलाई नियन्त्रणमा लिएका युवाहरु फरार भएका थिए ।

आफूलाई नियन्त्रणमा लिएको मध्ये दुई जनालाई आफूले चिनेको बताउने बालिकाको खुट्टामा चोट लागेको अवस्था रहेको देखिएको छ । घटनाको बारेमा जानकारी दिँदै पिडीतले ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा मोबाईल सम्पर्ग गरेपनि प्रहरी तत्काल घटनास्थलमा पुग्न नसकेको पीडितको आरोप छ ।

यता ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारिले आफूले त्यहाँका वाडा अध्यक्षलाई फोन सम्पर्क गर्दा वाडा अध्यक्षले आफूलाई घटनाको बारेमा केही थाहा नभएको बताए पछि उक्त ठाउँमा प्रहरी ढिलो पुगेको प्रहरीले जनाएको छ । हिजो  बिहान पीडितहरु ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पुगेर ठाडो निवेदन दिएपछि घटनामा संलग्न भनिएको सञ्जय कुमार रामलाई दिनको १२ बजेर १५ मिनेटको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरू फरार रहेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१