Siraha Times
ताजा समाचार

लहानको माखनभोग स्वीटसएण्ड नमकिनसहित अधिकाँश होटलले किरा लागेको दालभात बेच्दै निकाय बेखबर

  • कार्तिक ४, २०८०
  • ९१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार- लहान, ४ कार्तिक । सिरहाको लहानमा अवस्थित रोड न. -१ पशुपति मावि अगाडि रहेको माखन भोग स्विट्स एण्ड नमकिनमा अखाद्य वस्तु बेचेको पाइएको छ। शनिबार राति खाना खान पुगेका सुमित्रा पासवानको खानामा किरा,जुका देखिएको थियोे । दालभात खाँदै गर्दा खानामा जुका किरा हेरेपछि सुमित्रा पासवान र उनका श्रीमान धर्मेन्द्र पासवानले होटका संचालक रोशन अग्रवालसँग सरसफाइमा ध्यान पुर्याउन आग्रह गरेका थियोे । तर, मिठाइँ पसलका संचालक रोशन अग्रवालले उल्टै, पसलमा खानाखाँदै गर्दा अवस्थामा धाकधम्की दिइएका छन् । जे मन लाग्छ त्यो गर, मलाई केही हुने बला छैन । मलाई बढी नसिकाउ जस्ता बेओहियात बोलेका छन् ।

यो सँगै, माखन भोग स्वीट्स एण्ड नमकिन विरुद्ध धेरैको जहिल्यै एउटा न एउटा गुनासो आएकै हुन्छ । लहानको सुभाष साह भन्छन् - लहानको सबैभन्दा महँगो होटल र लुटतन्त्रको अड्डा भनेको माखन भोग स्विटस् नै हो । सर्वसाधारणलाई ठग्ने पहिलो होटलका रुपमा माखन भोख स्विटसलाई चिनिन्छ । साधारण चियामात्र ६५ रुपैयाँमा बेच्छन् , मिठाइँ, नास्ता झन् अरु पसलभन्दा दोब्बर रेटमा बेच्छन् । मैले पनि एकदिन नास्ता खाँदै गर्दा कमिलो देखिएको थियोे । मैले केही कसैलाई भनेनौं।

उनले भने - लहानमा अधिकाँश होटलहरु छन् , सबैले सरसफाइमा ध्यान दिईन्छ। तर, माखन भोगमा जहिल्यै पनि गनाउने किरा भिनकेको खाना बेच्छन् । दशै, तिहार , छठ, जस्ता चाडपर्वको बेला सम्बन्धित निकायले बजार अनुगमन गर्ने हो । निकायको ठिलासुस्तीले गर्दा सर्वसाधारण मानिस सानोसानो झगडाको चपेटामा पर्ने गरेका छन् ।

धर्मेन्द्र पासवान सुमित्रा पासवानका अनुसार - हामी दशैंको सप्तमीको दिन दिनभर 'व्रत' बसेर सांझमा पुजा गरेर कोठामा गएर खाना पकाउनुभन्दा मैले कुनै शाकाहारी होटलमै गएर खाना खुवाइदिने भनेको थिए मेरी उनीलाई । सोही अनुसार लहानको दुर्गा मन्दिरमा पूजापाठ गरेर शाकाहारीमा नाम चलेको होटल 'माखन भोग स्वीटस् एण्ड नमकिन' मा हामी पुग्यौं । आफु त साँंझमै खाना खाइसकेकोले एउटा मात्रै 'शाकाहारी' खाना ल्याउन भन्यौं ।

खाना ल्याइदिएको र खानाको केहि गाँस निलेपछि उनले दालमा किरा रहेको जिकिर गरिन् मैले केहि प्रतिक्रिया नदिइ उनकै मोबाइलमा खानामा 'किरा' परेको भिडियो र फोटो लिए । त्यो सब गरिसकेपछि होटलको सञ्चालक रोशन अग्रवाललाई आग्रह गरे कि यो खानामा किरा परेको छ । जो किरा दाल पकाउनु भन्दा पहिलेको हुनुपर्छ, वा दालमै पूर्ण रूपमा किरा परेको हुनुपर्छ जानकारी गराउन खोज्दा उहाँले गैर जिम्मेवार तरिकाले मलाई ठुलो स्वरमा 'तपाईंलाई जे गर्नु छ गर्नुस् मेरो केही हुनेवाला छैन ।' जवाफ फर्कायो । हुन पनि किन न होस् सिरहाको लहानमा रहेको अधिकांश कार्यालयहरूले कुनै कार्यक्रमहरू गर्दा यहीँबाट 'खाजा'को लग्ने गर्छ ।

त्यति मात्रै नभएर सिरहा र सप्तरी कार्यक्षेत्र रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालय लहानको पहिलो रोजाईको 'खाजा' खाने होटलले यस्तो लापरबाही गर्नेलाई के भन्ने ? दशैंको बिदा लगत्तै माखन भोग स्वीटस् एण्ड नमकिन लहानको विरुद्ध उजुरी गर्ने तय गरेको छु । होटलका संचालक रोशन अग्रवालले मसंग अभद्र व्यहार समेत गरेको बताए । यता, माखन भोख स्विट्स एण्ड नमकिनका संचालक रोशन अग्रवाल भन्छन् - जानी जानी लापरबाही गरेका छैनौं , गल्ती जो कोहीबाट हुन्छ तर अबदेखि पुर्णसरसफाईमा ध्यानदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१