Siraha Times
ताजा समाचार

मानव सेवा आश्रमका टिमलाई गोलबजारमा स्वागत

  • कार्तिक ३, २०८०
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक ३ । मेची महाकाली राष्ट्रिय उद्धार यात्रा- २०८० का क्रममा रहेका मानव सेवा आश्रमका टिमलाई गोलबजार नगरपालिकामा स्वागत गरिएको छ । सडकमा अलपत्र जीवन बिताइरहेका सहारा विहिनहरुको साथी बन्दै आएको मानव सेवा आश्रमका टीमलाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले नगरका तर्फबाट सम्मान र स्वागत गरेका हुन् ।

मानवसेवा आश्रम (मानवता प्रवर्द्दन महाअभियान) र आनी छोईङ डोल्मा फाउण्डेसनको संयुक्त प्रयास एवं सहकार्यमा संचालित महाअभियानले यस पटकको चाडपर्वमा " कसैले बस्नु नपरोस् , सडकपेटीमा " भन्ने मूल नाराका साथ आयोजित सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारिरीकरुपमा कमजोर) सडकआश्रित मानवहरुको राष्ट्रिय मानव उद्दारका लागि मेची महाकाली यात्रा – २०८० सञ्चाल हुँदै आएको अवस्था रहेको छ ।

विक्रम सम्वत २०६९ शाल भाद्र १३ गतेका दिन मकवानपुरको हेटौंडाबाट सुरु भएको महा अभियान हाल सातै प्रदेशहरूमा संचालित अवस्थामा रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारामा उद्दघाटन गरी पूर्वको झापा स्थित मेची पुलमा दीप प्रज्वलन गरेर मानव सेवा आश्रमका टिमले सडकमा अलपत्र भै बेसाहारा जीवन बिताउँदै आएका सडक बाट केयौ व्यक्तिहरूको उद्दार गर्दै आफ्नो अभियान थालेको छ । बेसाहाराहरुको लौरो बन्दै अगाडि बढ्दै आएका यस संस्था अन्तर्गत १९ जिल्ला स्थित करिब २३ सेवा केन्द्रहरुको सहकार्यमा सामाजिक कार्य अगाडि बढ्दै आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१