Siraha Times
ताजा समाचार

दाजुभाइको मनमुटावले लियो उग्ररूप सारा सम्पत्ति दाउमा

  • असोज २३, २०८०
  • १३२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ असोज सप्तरीको सुरुङ्गा नगरपालिका ९ टिकुलियामा जग्गाको विवाद हुदा आफनै दाई भाईमा मनमुटाब भई उग्र रुप लिएको छ । बिगत ३ वर्षदेखि अल्झिएको घटनालाई मिलाउन गाउँका भरभलादमी लागि पर्दा पनि घटना मिलाउन नसकेको स्थानिय बताउछ । झैझगडाले याकुब मियाले यो झगडा कसरी हुन्छ मिलाई दिनलाई समाजका अगुवा वडा अध्यक्ष कानुन समेतलाई गुहार्दा पनि निस्कर्शसम्ममा नपुग्दा आफु चिन्तित छु र अहिले मुद्दा राजबिराजमा चल्दै छ पिडित मियाले बताए । लामो समय देखिको झगडा उग्ररुप लिदा यतिखेर जिल्लाको प्रशासन, प्रहरी,हुदै झगडा जिल्ला अदालत राजविराजमा पुगेको छ ।

पिडितको दाई ऐयुब मिया भन्नेले करिब १५ कठठा जग्गा सोहि जिल्लाका बलान बिहुल गाउँपालिका मलहनिया घर भएका विशेश्वर यादवलाई बिना दाई भाईको सहमति सम्पुर्ण जग्गा पास गरिदिएको र चाहिएको बेला ऋण लिदै गरिएको बुझिएको छ । उक्त जग्गा पुर्खौलि रहेको र दाई भाईको लालन पालनमा लिएको ऋण नतिरि बुवा बित्नु भयो र उक्त ऋण तिर्न साहुको ताकेता सहन नसकि र भाई याकुब दिल्लीमा भएको बेला पैसा नदिदा जग्गा साहुको नाममा गरिदिएको दाई ऐयुबको श्रीमतिले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१