Siraha Times
ताजा समाचार

जितिया मेला महोत्सव समापन महदेवामा

  • असोज २१, २०८०
  • ७३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २० असोज। सिरहाको सखुवानन्कारकट्टी ३ महदेवा पोर्ताहामा बर्सेनि आयोजना भैरहेको जितिया महोत्सव ३ दिनको बिभिन्न कार्यक्रम पश्चात आज समापन भएको छ। यस मेला सम्बन्धमा भन्नु पर्दा कति दिन देखि आयोजना भैरहेको छ त्यो त यकिन छैन। तर त्यही गाउँ महदेवा खरियानी बाट लगभग ३० बर्ष अगाडी केहि युवाहरुको टिम बनेको थियो जस्तै रामनारायण यादव(रामु), बेचन यादव, भोगेन्द्र यादव, महेन्द्र प्रसाद यादव, रामबिलास यादव, देवेन्द्र यादव, कपिलदेव चौधरी, सत्यनारायण यादव, अगहना यादव, यदुनन्दन यादव लगायत अन्य युवाहरू मिले समाज सुधार गर्दै यो मेलालाई ब्यबस्थित गर्दै आजका मिति सम्म यसलाई महोत्सवको रुप दिएको हो।

जितिया पर्वलाई महत्व दिदै आयोजना भैरहेको यो मेलामा कला संस्कृति झल्किने बिभिन्न मनोरञ्जन झल्किने नाचगान प्रस्तुत भैरहेको छ भने यस क्षेत्रका लगभग एक दर्जन गाउँका मानिसहरु भेला भै आनन्द लिइरहेको छ। यी युवाहरूले देखेका त्यती बेलाको सपना र गरेको योजना पुरा तथा सफल भएका छन। तर आज त्यही युवाहरु ब्यस्क भएर बिभिन्न कारणले छिन्नभिन्न भएका छन जसमा राजनैतिक प्रमुख कारण हो। कथन कदाचित हाल सम्म यी युवाहरू एक ठाउमा रहि रहेको भए महदेवाको यो ठाँउलाई शहरमा परिणत हुने निश्चित थियो। हाल यी टिम मध्ये सहदेव यादव हामी बिच छैन तर यसै ग्रुप बाट बिगतको चुनाव मार्फत महेन्द्र प्रसाद यादव वाडा अध्यक्ष भैसकेका थिए भने हाल भोगेन्द्र यादव वाडा अध्यक्ष रहेको छ।

हरेक बर्ष झै यस बर्ष पनि यसलाई निरन्तर्ता दिदै अध्यक्ष यादव यसलाई अगामी दिनहरुमा पनि भव्य सभ्य बनाउने बताएका छन। बिगत केहि बर्ष देखि निबर्तमान मधेस प्रदेश सांसद एवम युवा नेता अशोक यादवको भरपुर साथ र सहयोग समेत रहेको छ। यस बर्षको मेलामा नेपाल प्रहरीको राम्रो उपस्थिति देखिएको थियो।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१