Siraha Times
ताजा समाचार

सिराहाका युनियन अध्यक्ष जर्घाको बदमासी, जनप्रतिनिधिको उस्काहटमा पत्रकारमाथि दुर्ववहार

  • असोज १९, २०८०
  • ९१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । जनआस्था साप्ताहिकका पत्रकार सन्ताेष बराइलीमाथि दुर्व्यवहार भएकाे छ । मिति ०८०–६–१३ गते साँझपख पत्रकार शम्भु यादवसँग लाहान स्थित कान्छा होटलमा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र उहाँको साधारण जीवनशैलीबारे स्टोरीको सम्बन्धमा कुराकानी भइरहँदा मदिराले लठ्ठ भएर आईपुगेका नेपाल प्रेस युनियनका सिरहा जिल्ला अध्यक्ष भरत जर्घामगरले दुर्व्यहार गरेकाेबारे पत्रकार बराइलीले नेपाल पत्रकार महासँघ सिरहा शाखालाई लिखित निवेदन मार्फत ध्यानाकर्षण गराएका छन् ।

एक्कासी कुराकानीस्थलमा आएर युनियन अध्यक्ष जर्घामगरले बिनाप्रसङ्ग कुराकानी झिकेर निहु खाेजेका बराइलीले निवेदनमा उल्लेख गरेका छन् । जर्घामगरले गोजीबाट पटकपटक पैसाको गड्डी खाजा राखिएको टेबुलमा पछार्दै यो ५० हजार हो, यस्ता मूला पैसा हामीसँग पनि फालाफाल छ भनेर विभिन्न प्रसङ्ग निकाल्न थालेपछि असहज महसुस भएपछि आफू होटलको बिल तिरेर बाहिरन खोज्दा जर्घामगरले बराइलीलाइ बलप्रयाेग गरेर राेक्ने प्रयास गरेपछि स्थिती तनावपूर्ण बनेकाे थियाे । निवेदनमा अगाडि उल्लेख गरिएकाे छ - जर्घामगरले म बाहेक तिमीलाई लहानमा अरू कसले जोगाउन सक्छ हेरौँ भन्दै मलाई करिब ७ मिनेट लछारपछार गरेर पूर्ववतः खाजा खाइरहेको टेबुलमा फर्काउने प्रयास गरे । तर मदिराले लठ्ठिएका उनको प्रयास असफल भयो ।

उनको यो व्यवहारले उनी कसैको प्यादा बनेर योजनाबद्ध ढङ्गले म विरूद्व परिचालन भएको मैले महसुस गरेको छु , बराइलीले निवेदनमा अगाडि भनेकाछन् - उनले मसँग अमानवीय व्यवहार किन गरे ? यसबारे उनीसँग स्पष्टिकरण लिएर कानुनसंंगत कारबाहीको प्रकृया अघि बढाइदिन महासँघ सँग जाेडदार माग गरेको छ । प्रेस चाैतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका बराइली नेपाल पत्रकार महासंघ काठमाण्डाै शाखाका पूर्व बाेर्ड सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१