प्रेम जालमा पारेर बनाए बिचलित

  • असोज १९, २०८०
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १९ । सिरहाको गोलबजार १ बल्डारा माइती भएकी देवीका सदाय प्रेम जालमा परी यतिबेला बिचल्लीमा परेकी छिन । गोलबजार १ की २४ वर्षीय देवीका सदायलाई मिर्चैया नगरपालिका वडा नं ९ भगवानपुरका २५ वर्षीय विजय महतोले बिचल्लीमा पारेका हुन् । वर्षौंदेखि प्रेम सम्बन्धका जालमा पारेर देविकालाई विजयले सिरहाको बन्दीपुरमा कोठा भाडामा लिएर राख्दै आएका थिए ।

कोठमा राख्दै आएका बखत विजयले दिनभर आफ्ना घर परिवारको सम्पर्कमा रहेर बेलुका उनीसँग बस्दै आएका थिए । सँगै बस्दै आएका उनले देबिकालाई खर्च समेत दिँदै आएका थिए । सँगै बसी रहेको देविकाले गर्भ बोकेको थाहा पाएपछि झुकाएर कोठामै औषधि खुवाएर गर्भपतन गराएको देवीकाको आरोप रहेको छ ।

वैदेशिक रोजगारीका क्रममा कतार गएका विजयले उनलाई बेला बेलामा खर्च समेत पठाइरहेको थियो ,तर कतारबाट फर्किएका विजयले देविकालाई भित्र्याउन नमानेपछि न्यायको लागि देविकाले मिर्चैया प्रहिरीमा उजुरी दिएकी छिन् । मिर्चैया प्रहरीले विजयको अभिभावकलाई बोलाएर सामान्य छलफल गराएता पनि विजय भने फरार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१