Siraha Times
ताजा समाचार

सिरहाको गाेबिन्द्पुरमा जितिया मेला मोहोत्सब भब्यताका साथ सम्पन्न

  • असोज १९, २०८०
  • १४९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सितल साह , लहान ,अशाेज १९ ।। लहान २४ गाेबिन्द्पुरमा जितिया मेला मोहोत्सब भब्यताका साथ सम्पन्न भएका छन। स्थानीय युवाहरुकाे बिश्ष पहलमा गाउँ भरी पैसा संकलन गरि र युवाहरुकाे विशेष लगानिमा आयोजना गरीएकाे साे मेला माेहोत्सबमा सांस्कृतिक प्रोग्राम,सदावहार नृत्य, हास्यकला लगायत विभिन्न गित संगित सहित मनाेरंजनका कार्यक्रम समेत गरीएका थिए।

स्थानीय युवाहरु संताेष शर्मा, हरी साह,मनिष कामैत,मनिष साह,सुरजा शर्मा,लक्षमन साफि,बिरु साह लगायत युवाहरुकाे सहयाेगमा जितमहान देवताका मुर्ति समेत स्थापना गरिएकाे थियाे। गाउँ भरीका महिला श्रद्धालु भक्तजनहरु बिधिवत व्रत बसी पुजाआजा गरी जितया मेला माेहाेत्सब मनाएका थिए। जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रूपमा पनि लिइन्छ । सामाजिक कथन अनुसार ” जितिया दसे दशैं , दसैं बीसे सुकराती, सुकराती छवे छैठ “भन्ने चलन मधेशमा पाईन्छ । अर्थात् जितियाको दश दिनपछि दसैँ, दसैँको बीस दिन पछि दीपावली र दीपावलीको छ दिन पछि छठ पर्व हुने गर्दछ।असोज कृष्ण सप्तमीका दिनदेखि सुरु भई नवमीसम्म लगातार तीन दिन जितिया पर्व मनाईन्छ ।

तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् असोज कृष्ण सप्तमीलाई माछ मरुवा भनिन्छ । यस दिन ब्रतालुहरुले जलाशयमा स्नान गर्नुपूर्व खरी र तोरीको तेल घिरौँलाका पातमा राखी पानीमा बगाउने गर्छन् । नुहाई धुवाई गरी घर आइसकेपछि खानामा विशेष रूपमा माछा र मरुवा (कोदो) को रोटी खाने गरिन्छ । यस विधिलाई नै माछ मरुवा भनिन्छ ।

जितियाको दोस्रो दिनलाई उपास वा व्रत बस्ने दिन भनिन्छ । यस दिनको सुरुवात हुनु अगावै अर्थात् अष्टमी तिथिको बिहान करिब ३–४ बजेतिर प्रत्येक महिलाले उठेर पूजा गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राखेर व्रतालुहरूले घिरौँलाको पातमा विशेष गरी दही चिउरा र फलफुलको भोजन काग कराउनु अगावै खाने र आफ्ना सन्तानलाई पनि खुवाउने चलन रहेको पाइन्छ ।

त्यसपछि व्रतालु महिलाहरू अष्टमीका बिहानदेखि नवमीका बिहानसम्म केही नखाई व्रत बस्ने गर्दछन् । व्रतको समयमा गल्तीले जिब्रो पनि टोकियो वा कुनै वस्तुहरू मुखमा पर्न गएको खण्डमा व्रत भङ्ग भएको मानिन्छ । यसै कारणले यस पर्वलाई खर्जितिया पनि भनिन्छ । पर्वको तेस्रो अथवा अन्तिम दिनलाई पारन भनिन्छ यस दिन व्रतालुले पोखरी, नदीमा गएर स्नान गरेर उक्त जलाशयको डिलमा घिरौँलाको पात, कचौँरामा लगेको तेल लगाई अर्घ दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पुजनको तेल लगाइदिने चलन रहेको छ ।

स्नान पछि बिहान घरको उन आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ साथै पूजामा प्रयोग गरिएका अक्षता, केराउ, नैवद तथा फलफूल खाएर उपवास तोडिन्छ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेको पाईन्छ । जितिया पर्वको अवसरमा जितमहान भगवानको मूर्ति बनाई सबै भक्तजन एकीकृत भई पूजा आरधना गर्ने चलन पनि रहेको पाइन्छ । कुनै बालबालिका कुनै घटनामा परी भाग्यवश बाँचेमा आमाले खरजितिया पर्व गरेको भन्ने उखान टुक्का समाजमा अझ पनि व्याप्त भएको कारणले यस पर्वलाई अत्यन्त निष्ठाका साथ मनाईन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१