ताजा समाचार

पोखराका गुरुकुलका ५०० बटुकलाई शैक्षिक सामग्री वितरण

  • जेठ ३१, २०८३
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 'सेवा र विकासका लागि युवा' को आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा एक विशेष कार्यक्रमका बीच करिब ५०० जना बटुकहरूलाई उक्त सामग्रीहरू वितरण गरिएको हो ।

​गुरुकुलमा रहेका विद्यार्थीहरूको पठनपाठनमा टेवा पुऱ्याउने र उनीहरूलाई शैक्षिक यात्रामा प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । ​हस्तान्तरण कार्यक्रममा बोल्दै आयोजक तथा समन्वयकारी संस्थाका प्रतिनिधिहरूले संस्कारयुक्त शिक्षाको जगेर्ना गर्न गुरुकुलहरूको ठूलो योगदान रहेको चर्चा गरे ।

आगामी दिनमा पनि यस्ता रचनात्मक र सहयोगी कार्यक्रमहरूलाई निरन्तरता दिइने उनीहरूले प्रतिबद्धता जनाएका छन् । ​शैक्षिक सामग्री प्राप्त गरेपछि गुरुकुलका बटुक तथा व्यवस्थापन पक्षले खुसी व्यक्त गर्दै सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤