Siraha Times
ताजा समाचार

पोखराका गुरुकुलका ५०० बटुकलाई शैक्षिक सामग्री वितरण

  • जेठ ३१, २०८३
  • ५८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 'सेवा र विकासका लागि युवा' को आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा एक विशेष कार्यक्रमका बीच करिब ५०० जना बटुकहरूलाई उक्त सामग्रीहरू वितरण गरिएको हो ।

​गुरुकुलमा रहेका विद्यार्थीहरूको पठनपाठनमा टेवा पुऱ्याउने र उनीहरूलाई शैक्षिक यात्रामा प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् । ​हस्तान्तरण कार्यक्रममा बोल्दै आयोजक तथा समन्वयकारी संस्थाका प्रतिनिधिहरूले संस्कारयुक्त शिक्षाको जगेर्ना गर्न गुरुकुलहरूको ठूलो योगदान रहेको चर्चा गरे ।

आगामी दिनमा पनि यस्ता रचनात्मक र सहयोगी कार्यक्रमहरूलाई निरन्तरता दिइने उनीहरूले प्रतिबद्धता जनाएका छन् । ​शैक्षिक सामग्री प्राप्त गरेपछि गुरुकुलका बटुक तथा व्यवस्थापन पक्षले खुसी व्यक्त गर्दै सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान भदौ २८ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले सप्तरीको खडक नगरपालिकाका परिवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१