ताजा समाचार

जसपा नेपाल नरहा–४ मा ११ सदस्यीय वडा इकाई समिति गठन, अध्यक्षमा बुधेश्वर यादव चयन

  • कार्तिक १०, २०८३
  • ११६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान , ९ कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका–४ मा वडा इकाई समिति गठन गरेको छ। पार्टीको संगठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यले आयोजित समायोजन समितिको कार्यक्रममा बुधेश्वर यादवको अध्यक्षतामा ११ सदस्यीय वडा इकाई समिति गठन गरिएको हो।

कार्यक्रम गाउँपालिका अध्यक्ष बद्री यादवको अध्यक्षतामा तथा जसपा नेपालकी केन्द्रीय सदस्य संजिला यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नरहा गाउँपालिकाका प्रत्यासी उम्मेदवार तथा मधेस प्रदेश समिति सदस्य विजय कुमार यादव, जिल्ला उपाध्यक्ष रामदयाल यादव, जिल्ला सदस्य रामसरन यादव र किसान महासंघका महासचिव उमेश्वर झा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी, नरहा गाउँपालिका–४ का वडा अध्यक्ष बिलेक्षन यादव, वडा सदस्य रामकुमार यादवसहित पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम बाट गठित वडा इकाई समितिमा बुधेश्वर यादव अध्यक्षमा चयन भएका छन्। समितिको उपाध्यक्षमा शत्रुघ्न यादव, सचिवमा विनोद यादव र कोषाध्यक्षमा कलावती देवी यादव चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा हिरामैन शर्मा, तेतरी पासवान, पवन यादव र धियानी महरासहित ११ सदस्यीय समिति गठन गरिएको आयोजकले जनाएको छ।

नवनिर्वाचित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै नेताहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई जनस्तरसम्म पुर्‍याउँदै संगठनलाई थप मजबुत बनाउन नयाँ समितिले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा जसपा नेपालप्रति लामो समयदेखि प्रतिबद्ध रहँदै राजनीतिक यात्रामा सक्रिय युवा नेता विजय कुमार यादवको भूमिकाबारे समेत चर्चा भएको सहभागीहरूले बताएका छन्।

एलआरएल लहानका संस्थापकसमेत रहेका यादव दक्ष ल्याब टेक्निसियनका रूपमा स्वास्थ्य तथा सामाजिक सेवामा संलग्न रहँदै आएका युवा नेताका रूपमा परिचित छन्। राजनीतिक गतिविधिसँगै समाजसेवामा सक्रिय रहँदै आएका यादवको नाम आगामी दिनमा नरहा गाउँपालिकाको नेतृत्वका लागि सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको कार्यक्रमका सहभागीहरूबीच सुनिएको थियो।

स्थानीय तहमा संगठन विस्तार र जनतासँगको सम्बन्धलाई बलियो बनाउने अभियानका बीच यादवको राजनीतिक सक्रियतालाई पनि चासोका साथ हेरिएको सहभागीहरूको भनाइ छ। कार्यक्रम वडा इकाई समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

लहान, कार्तिक ८ । घरमा शौचालय नहुँदा खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नागरिकका लागि सरसफाइ स्वास्थ्य ...

सांसद ललिता दास विद् ...

रहमुल, लहान, ८ कात्तिक। मधेस प्रदेश सभा सदस्य ललिता दास विद्रोहीले लहान नगरपालिकाका नगर प्रमुख महेश ...

रामनगर साना किसान कृ ...

ओम प्रकाश यादव, सप्तरी, कार्तिक ८ । सप्तरीको बलान बिहुल गाउँपालिका–५, रामनगरस्थित रामनगर साना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤