Siraha Times
ताजा समाचार

​किराना पसलमा अवैध रूपमा राखिएको सरकारी अनुदानको रासायनिक मल बरामद

  • जेठ ३१, २०८३
  • ३६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको रासायनिक मल किराना पसलबाट बरामद गरिएको छ । ​सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० स्थित धनगढी बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा उक्त अवैध मल फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा खटिएको टोलीले धनगढी बजारको एक किराना पसलमा लुकाईछिपाई राखिएको अवस्थामा १३ बोरा र ३३ केजी युरिया मल नियन्त्रणमा लिएको छ । ​किसानहरूले समयमा मल नपाएर सास्ती भोगिरहेका बेला स्वीकृत बिक्रेता (सहकारी) बाहेक अन्य व्यावसायिक पसलमा अनुदानको मल भेटिनुले कालोबजारी भइरहेको पुष्टि गर्ने अनुगमन टोलीले जनाएको छ ।

​"अनुदानको मल तोकिएको कृषि सहकारी मार्फत मात्र बिक्री वितरण गर्न पाइन्छ । यसरी किराना पसलमा व्यावसायिक रूपमा राखेर बेच्नु गैरकानूनी हो," अनुगमन टोलीका एक अधिकारीले बताए । ​बरामद गरिएको मललाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमन टोलीले आगामी दिनमा पनि यस्ता अवैध गतिविधि रोक्न बजार अनुगमनलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१