ताजा समाचार

​सिराहाको धनगढीमाईमा वर्षौंदेखि खानेपानी ट्यांकी अलपत्र, स्थानीय उपभोक्ता काकाकुल

  • जेठ २८, २०८३
  • ७१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​जेठ २८, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १३ स्थित खजनपुर टोलमा रहेको वर्षौं पुरानो खानेपानी ट्यांकी निर्माण कार्य अलपत्र पर्दा स्थानीय बासिन्दा खानेपानीको चरम संकट भोग्न बाध्य भएका छन् । निर्माण कार्य सुरु भएको लामो समय बितिसक्दा पनि सम्बन्धित निकाय र ठेकेदारको लापरबाहीका कारण योजना अलपत्र परेको हो ।

​खजनपुर टोल र आसपासका सयौँ घरधुरीलाई स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यका साथ वर्षौं अघि यो खानेपानी ट्यांकी निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो । तर, संरचना अधुरै छोडिँदा अहिले यो ट्यांकी केवल एउटा कंक्रिटको खण्डहर जस्तो मात्र बनेको छ । ​लामो समयदेखि योजना अलपत्र पर्दा स्थानीयहरू खडेरीको समयमा इनारको आर्सेनिकयुक्त एवं धमिलो पानी पिउन विवश छन् । स्थानीय उपभोक्ताहरूका अनुसार, योजना सम्पन्न गराउन पटक-पटक स्थानीय जनप्रतिनिधि र खानेपानी डिभिजन कार्यालयको ध्यानाकर्षण गराउँदा पनि कसैले चासो देखाएका छैनन् ।

योजनाको बजेट कहाँ र कसरी फ्रिज भयो वा ठेकेदारले किन काम रोके भन्नेबारे ठोस सूचना सार्वजनिक गरिएको छैन । ​ धनगढीमाई नगरपालिका र खानेपानी कार्यालयबिच समन्वयको अभाव देखिन्छ । ​ शुद्ध खानेपानीको अभावमा खजनपुर टोलका बासिन्दाहरू पानीजन्य रोगको जोखिममा परेका छन् । स्वच्छ खानेपानी पाउनु नागरिकको मौलिक हक भएकाले यस विषयमा सम्बन्धित निकायले तुरुन्तै कदम चाल्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤