Siraha Times
ताजा समाचार

​सडक मर्मतको माग गर्दै स्थानीयद्वारा चुहाडे–जलजले खण्डमा टिप्पर ठप्प

  • जेठ २९, २०८३
  • ३४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीयबासीले रोक लगाएका छन् । सडकको दुरावस्थाप्रति सम्बन्धित निकायले चासो नदेखाएको भन्दै आक्रोशित स्थानीयबासीले टिप्पर सञ्चालनमा रोक लगाएका हुन् । ​स्थानीयका अनुसार लगातार ठूला र भारी वजनका टिप्परहरू गुड्नाले सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

सडक भत्किँदा र खाल्डैखाल्डा हुँदा आवतजावतमा निकै सास्ती खेप्नुपरेको र हिउँदमा धुलो तथा वर्षातमा हिलोको समस्या झेल्नुपरेको उनीहरूको गुनासो छ । ​"हामीले पटक–पटक सडकको स्तरउन्नति (ग्राभेल तथा पक्कीकरण) का लागि सम्बन्धित पक्ष र निकायसँग माग राख्यौँ," एक स्थानीयबासीले भने, "तर हाम्रो मागलाई लगातार बेवास्ता गरियो। सडक मर्मत नभएसम्म टिप्पर चल्न नदिने निर्णयमा पुग्न हामी बाध्य भएका हौँ ।"

​स्थानीयबासीले सडकलाई तत्काल ग्राभेल गर्ने वा पक्कीकरण गर्ने स्पष्ट प्रतिबद्धता र कामको सुरुवात नभएसम्म टिप्पर सञ्चालन हुन नदिने अडान लिएका छन् । टिप्पर रोकिँदा सो क्षेत्रको ढुवानी सेवा प्रभावित भएको छ भने समस्या समाधानका लागि सरोकारवालाहरूबीच छलफलको तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१