ताजा समाचार

प्रदीप दाहालको पहलमा ​ धनगढीमाईमा ११ केभीए विद्युत प्रसारण लाइन र नयाँ ट्रान्सफर्मर जडान, विद्युतीकरण कार्य औपचारिक रूपमा सम्पन्न

  • जेठ ३०, २०८३
  • ४४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको कार्य औपचारिक रूपमा सम्पन्न भएको छ । स्थानीय समाजसेवी प्रदिप दाहालको विशेष पहल र सक्रियतामा सो क्षेत्रमा नयाँ पूर्वाधार निर्माण गरिएको हो । ​धनगढीमाई-१२ को ठटियादेखि मगर टोल हुँदै गुढीटोलसम्म ११ KVA (केभीए) उच्च क्षमताको विद्युत प्रसारण लाइन विस्तार गरिएको छ ।

यसका साथै, उक्त क्षेत्रमा भोल्टेजको समस्या समाधान गर्न र भरपर्दो विद्युत आपूर्तिको लागि नयाँ ट्रान्सफर्मरको पोस्ट समेत निर्माण गरी जडान कार्य सम्पन्न गरिएको छ । ​ ​लामो समयदेखि न्यून भोल्टेज र विद्युत नपुगेका कारण समस्या झेल्दै आएका ठटिया, मगर टोल र गुढीटोलका स्थानीयबासी नयाँ ट्रान्सफर्मर र ११ KVA लाइन विस्तार भएसँगै हर्षित भएका छन् । ​

​स्थानीय क्षेत्रमा बत्ती निभ्ने र भोल्टेज तलमाथि हुने समस्या पूर्ण रूपमा अन्त्य हुनेछ । ​ ​स्थानीय साना उद्योग तथा व्यवसाय सञ्चालनमा सहजता आउनेछन । ​औपचारिक रूपमा विद्युतीकरण सम्पन्न भएको घोषणा गर्दै समाजसेवी प्रदिप दाहालले आगामी दिनमा पनि यस क्षेत्रको विकास र जनताको जनजीवन सहज बनाउने यस्ता सामाजिक तथा पूर्वाधार विकासका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

बाबाजी खोला सामुदायि ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५, बिरनगरस्थित श्री बाबाजी खोला साम ...

लहान १५ मा आगलागीबाट ...

ओम प्रकाश यादव, लहान कार्तिक १२ । सिरहाको लहान नगरपालिका वडा न. १५ स्थित हात्ती दह नजिक मुगालाल चौधर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤