Siraha Times
ताजा समाचार

प्रदीप दाहालको पहलमा ​ धनगढीमाईमा ११ केभीए विद्युत प्रसारण लाइन र नयाँ ट्रान्सफर्मर जडान, विद्युतीकरण कार्य औपचारिक रूपमा सम्पन्न

  • जेठ ३०, २०८३
  • ३१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको कार्य औपचारिक रूपमा सम्पन्न भएको छ । स्थानीय समाजसेवी प्रदिप दाहालको विशेष पहल र सक्रियतामा सो क्षेत्रमा नयाँ पूर्वाधार निर्माण गरिएको हो । ​धनगढीमाई-१२ को ठटियादेखि मगर टोल हुँदै गुढीटोलसम्म ११ KVA (केभीए) उच्च क्षमताको विद्युत प्रसारण लाइन विस्तार गरिएको छ ।

यसका साथै, उक्त क्षेत्रमा भोल्टेजको समस्या समाधान गर्न र भरपर्दो विद्युत आपूर्तिको लागि नयाँ ट्रान्सफर्मरको पोस्ट समेत निर्माण गरी जडान कार्य सम्पन्न गरिएको छ । ​ ​लामो समयदेखि न्यून भोल्टेज र विद्युत नपुगेका कारण समस्या झेल्दै आएका ठटिया, मगर टोल र गुढीटोलका स्थानीयबासी नयाँ ट्रान्सफर्मर र ११ KVA लाइन विस्तार भएसँगै हर्षित भएका छन् । ​

​स्थानीय क्षेत्रमा बत्ती निभ्ने र भोल्टेज तलमाथि हुने समस्या पूर्ण रूपमा अन्त्य हुनेछ । ​ ​स्थानीय साना उद्योग तथा व्यवसाय सञ्चालनमा सहजता आउनेछन । ​औपचारिक रूपमा विद्युतीकरण सम्पन्न भएको घोषणा गर्दै समाजसेवी प्रदिप दाहालले आगामी दिनमा पनि यस क्षेत्रको विकास र जनताको जनजीवन सहज बनाउने यस्ता सामाजिक तथा पूर्वाधार विकासका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१