Siraha Times
ताजा समाचार

मौवाही विद्यालयका कर्मचारिमाथी अभद्र व्यवहार वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी

  • असोज १८, २०८०
  • २४२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान १८ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउ पालिका १ मौवाही स्थित रहेको जनता नमुना माध्यामिक बिद्यालय प्राबिधिक लाइबरेरिमा करार कर्मचारीमाथि वडाअध्यक्षले हातपात गरेको घटना सार्वजनिक भएको छ । घटना असोज १५ गते बिद्यालयमा करार कर्मचारी पतिराम यादव सखुवानन्कारकट्टी गाउ पालिकाका वडाध्यक्ष संजय कुमार यादवले कठालो समाती हातपात गर्दै हप्काएर निकालिएको आरोप छ ।

बिद्यालयमा ८८ दिनदेखि प्रधानाध्यापक उपस्थित नभएको एकाउनटेन्ट र लाइबरेरी शाखामा कुनै काम नभएको हुनाले तालाबन्दी भएको महिनौ भएको त्यसअर्थमा पतिरामको काम छैन भने किन आउनु पर्यो भन्दै सामान्य विवादमा सर्ट समातिएर बिद्यालय नआउन मात्रै भनिएको हो वडाअध्यक्ष यादवले बताए । बिद्यालयमा करिब आठ दस वर्षदेखि विवाद हुदै आएको छ गाउपालिकाले पटक पटक समस्याको समाधान खोजे पनि राजनितिक उतारचढावको कारण आर्थिक झेलको समस्या खडा भएको छ राजनीतिक विवादले गर्दा व्यवस्थापन समिति समेत गठन हुन सकेको छैन ।

विद्यालयभित्रको विवादमा कर्मचारी र शिक्षक समेत लक्षित बन्दै आएको छ सोहि विवादको क्रममा असोज १५ गते कर्मचारी पतिराम यादवमाथि हातपात भएको हो । आफु विद्यालयमा हुदा वडाअध्यक्ष मलाई हातपात गरेको र तिम्रो यो विद्यालयमा के काम छ ? अश्लिल गालीगलौज गर्दै कठालो समाती हातपात गर्दै ओफिसबाट बाहिर निकाली दियो उनले हातपात गर्ने क्रममा मलाई आखा र शरीरभरि चोट लागेको छ पतिराम यादवले ठाडो आरोप लगाएको हो । म यो विद्यालयमा पछिलो ३ वर्षदेखि काम गरिरहेको छु आज हातपात गर्दा ठुलो समस्यामा परेको छु र न्यायको लागि इलाका प्रहरीमा उजुरी दिएको छु । पतिरामलाई हातपात हुदा त्यहाका शिक्षकहरुले रोक्दा वडाअध्यक्ष झन आवेशमा आएर गालीगलौज गरेका थिए कर्मचारी पतिराम प्रधानाध्यक्ष रामपृत यादवका भाई हुन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१