Siraha Times
ताजा समाचार

सिरहाका विभिन्न ठाउँमा सिमसिम वर्षा

  • असोज १३, २०८०
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज १३। वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ सकिए लगत्तै हावाहुरी सँगै वर्षा शुरू भएको छ । आज बिहान करिब ११ बजेर ४३ मिनेटको समयमा आएको हावा हुरी सँगै सिमसिम वर्षा भइरहेको छ । किसानको खेतमा पानी नभएको अवस्था र खेतमा लगाईएको धान बाली फुट्न लागेको अवस्थामा परिरहेको पानीले धान फल्नमा मदत पुग्ने किसानहरू बताउँछन् ।

मनसुनको ढिलो सुरुवातको कारणले किसानहरू चिंतित भइरहेको अवस्थामा यसरी पानी पर्नाले उब्जनिमा सकारात्मक प्रभाव पर्ने माटो अभियानी बद्री महतो बताउनुहुन्छ । जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव परेको अवस्थामा पानी खेतमा नटिक्ने अवस्था एकातिर पाईन्छ भने अर्कोतिर प्रचण्ड गर्मीको मार खेप्दै आएका आम मानिसको दैनिकीमा वर्षाले सकारात्मक प्रभाव परेको छ । यस वर्षाले गर्मी घटेर जाडो यामको शुरुवात हुने आम बुझाई रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१