Siraha Times
ताजा समाचार

बैंकको नयाँ भवन उद्दघाटन कार्यक्रम सम्पन्न

  • असोज ७, २०८०
  • ९९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज ७ । सिरहाको लहान नगरपालिका वडा न ७ गणेश चोकमा निर्माण गरिएको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय लाहानको नवनिर्मित भवन उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ । पूर्व निर्धारित समय अनुसार बिहान करिब ९ बजेदेखि उद्दघाटन कार्यक्रम तय गरिए पनि मधेश प्रदेशका मुख्य मन्त्री माननीय सरोज कुमार यादव करिब १० बजेर १२ मिनेटमा नवनिर्मित भवन उद्दघाटन समारोहमा आउनु भएपछि कार्यक्रम औपचारिक रूपमा अगाडी बढाईएको थियो ।

माननीय मुख्य मन्त्री यादवको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा अथितीहरु , माननीयहरु रामशंकर यादव, गंगा यादव ,प्रदेश सांसदहरु राजेन्द्र चौधरी , राजकुमार गुप्ता , ललिता दास , नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता, पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता लगाएत विभिन्न मिडियाका पत्रकारहरु , प्रमूख जिल्ला अधिकारी, सुरुक्षा निकायका प्रमुखहरु, धनगढीमाईका मेयर शिवशंकर महतो, लाहान उद्योग बाणिज्य संघका अध्यक्ष विकास शारदा , लाहान नगरपालिकाका विभिन्न वडाका प्रमुखहरु , विभिन्न राजनीतिक दलका स्थानिय नेताहरु , समाजसेवी , बुद्धिजीवी , विभिन्न वित्तीय संस्थाका प्रतिनिधिहरु , बैंकका कर्मचारी लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा मंगलधुन बजाएर नयाँ भवनको रिबन काटेर ताम्र पत्र अनावरण गर्दै मुख्य मन्त्रीले उद्दघाटन गरेका हुन ।

बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय गान गाएर कार्यक्रम औपाचारितामा प्रवेश गरेको थियो । आनंद सुवेदीको उद्घोषणमा संचालित कार्यक्रममा प्रमुख अतिथि लगाएत सबैलाई बैंकका उप कार्यकारी निर्देशक पवन रेग्मीले बैंकको शाखा कार्यालय सम्बन्धमा आफ्ना धारणा राख्दै स्वागत गर्नु भएको थियो । कार्यक्रममा बैंकका तर्फबाट प्रमूख अथिती लगाएत सबै अथिती गणलाई फूलमाला खडा ओढाइएको थियो ।

कार्यक्रममा वक्ताहरुले लहानको समसामायिक समस्या प्रति मुख्य मन्त्रीको ध्यानाकर्षण गर्दै लाहानमा बाणिज्य बैंकले पुर्याएको योगदानको बारेमा अा आफ्ना धारणा राखेका थिए भने बैंकको कमजोरीको बारेमा समेत अवगत गराईएको थियो । नयाँ भवन निर्माणले आम लाहान बासी खुशी भएको समेत वक्ता अथिती गणले बताएका छन् ।

कार्यक्रमको अन्त्यमा प्रमूख अथिती माननीय मुख्य मन्त्री यादवलाई बैंकका तर्फबाट मायाको चिनो कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रदान गर्नु भएको थियो । बैंकको सभा हलमा आयोजित कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको बैंक प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१