Siraha Times
ताजा समाचार

लाहानमा जेब्रा क्रसिङ पार्किंग स्थल बन्दै

  • असोज ७, २०८०
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज ७ । सिरहाको लहान नगरपालिका भित्र अब्यबस्थित पार्किंग भइरहँदा पनि निकाय मौन बनेको छ । पूर्व पश्चिम राजमार्गको दाया बाया हुँदै आएको गाडी पार्किंगले आवत जावतमा कठिनाई हुँदै आएको अवस्थामा लहानको सहिद चोक स्थित रहेको जेब्रा क्रसिङ साना गाडीहरुको पार्किङ स्थल बनिरहेको अवस्था छ । यात्रुलाई आवत जावत गर्नका लागि बनाइएको उक्त ठाउँमा चालकहरुले नियमको धज्जी उडाउदै आरामले गाडी रोकेर बसिरहँदा पनि सुरक्षामा खटिएका प्रहरीले दर्शक बनेर हेरिरहनु कतिसम्म उपयुक्त मान्न सकिन्छ ? लाहानमा रहेको दुई ओटा बस पार्क यतिबेला ठप्प एकातिर छ भने अर्कोतिर भएको सवारी साधनहरु सडकमै रोक्ने परम्पराले गर्दा सवारी दुर्घटना बढ्ने सम्भावना पनि उत्तिकै छ । बस पार्कको सही सदुपयोग गर्न नजानेका लाहान नगरपालिका यतिबेला सवारी साधन सम्बन्धमा मौन छ भने अर्कोतिर जिल्ला ट्राफिक कार्यालय सिराहा पनि आफ्नो कर्तव्यबाट पन्छिएको अवस्था रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१