Siraha Times
ताजा समाचार

लौकाको तरकारी खाएपछि अस्पताल भर्ना

  • असोज ३, २०८०
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असाेज ३ । सिरहाको धनगढीमाई वाडा नम्बर ५ जयपुरमा लौकाको तरकारी खाएको एकै परिवारका चार सदस्य बिरामी परेका छन । गत शुक्रबार आफनै बारीमा फलेको लौका (सजीमिन)को तरकारी खाएपछि आशा कुमारी शर्माको चार सदस्य थला परेका हुन । तरकारी खाएपछि परिवारका चार सदस्यमा हनहनी ज्वरो आएको , पेट दुख्ने ,रिंगटा लाग्ने , पखाला लाग्ने जस्ता समस्या देखिएपछि शनिवार बेलुका सबैलाई स्थानियको सहयोगमा स्थानिय नैंनपुर अस्पताल भर्ना गरिएको थियो । सिकिस्त अवस्थामा अस्पतालको इमर्जेन्सी शाखामा भर्ना भएका उनीहरूको तत्काल सहज उपचार शुरू गरिएको थियो ।

उपचारको क्रममा रहेका उनीहरुको रगत , दिशा,पिसाब जाँच गरिएको थियो । खाना गडबडीका कारण सबै एकै पटक बिरामी परेको र उपचारमा करिब तीन दिनदेखि रहेको सबैको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको बेडमा उपचारथ रहेका आशा शर्माका अनुसार " बारीमा तीन ओटा लौका फलेको थियो , जसमध्ये मैले एउटा टिपेर तरकारी बनाएर घरपरिवार सहित मैले खाएको थिए , फलेको पहिलो लौकाको तरकारी भएकोले थोरै तरकारी कचौरामा राखेर छिमेकीलाई लगेर दिए तर छिमेकीले आफूहरु खाइसकेको बताएपछि उक्त कचौराको तरकारी फर्काई आफ्नो घरमा राखे , त्यसपछि आफूलाई ज्वरोले च्याप्न थालेको " बताए ।

तरकारीको बोटमा कुनै औषधि राखेको प्रश्नको जिज्ञासामा उनले भने ' आफूले करिब दस दिन अगाडि उक्त बोटमा जिंक र फोरेट औषधि राखेको बताए । नेपाल सरकारले खाद्य बस्तुमा गहिरो प्रभाव पर्ने फोरेट नामको औषधिलाई प्रतिबन्ध लगाएको अवस्थामा नेपालको बजारमा लुकिछिपी बेचिने अवस्था रहेको कारण मानवीय स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने उक्त औषधीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१