Siraha Times
ताजा समाचार

पर्दा अगाडी राखेर विशनपुरमा भयो चोरी

  • असोज १, २०८०
  • ८२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असोज १ । सिरहाको धनगढीमाई १२ मा रहेको एक घरबाट गए राति चोरी भएको छ । स्थानिय बिशनपुर स्थित दिनेश यादवको घरमा राति चोरी भएको हो । बाटो छेउमा रहेको घरमा ताल्चा फुटाएर ढोका अगाडि पर्दा राखेर चोरी गरिएको छ । घरमा सासु आमा बिरामी परेको कारणले घरमा ताल्चा लगाएर आफ्नो छेउको घरमा बच्चाहरु लिएर सुतिरहेको बेलामा चोरी भएको पारिवारिक स्रोतले बताएको छ । बाख्रालाई बिहानी पख हेरचाहको लागि उठेर हेर्दा ढोका उघारिएको देखेपछि घरबाट चोरी भएको थाहा पाएको पारिवारिक स्रोतले बताएको छ । स्थानियको सहयोगमा घर बारीमा यत्रतत्र फालिएको अवस्थामा सर सामान भेटिएको थियो । घरबाट L C D , गरगहना , नगद लगाएत चोरी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१