खत्रीको घरभित्र झुण्डिएर मृत्यु भएपछि माइती पक्षबाट कानुनी कारवाहीको माग

  • भदौ २४, २०८०
  • ३०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २४ । उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं १ बेलसोत घर भएकी २३ वर्षीया पवित्रा खत्री (खड्का)को घरभित्र झुण्डिएर रहस्यमय मृत्यु भएपछि माइती पक्षले घटनाको छानबिन गरी दोषीलाई कानुनी कारवाहीको माग गरेका छन । सिरहाको धनगढीमाई १४ अमिलटार माइती भएकी खत्रीले कटारी नगरपालिका वडा नं १ बेलसोतका विष्णु बहादुर खड्काको छोरा वर्ष २१ को टंक बहादुर खड्कासंग प्रेम सम्बन्ध भई २०७९ चैत्रमा प्रेम विवाह गरी सँगै बस्दै आएका थिए ।

उनीहरुले मिति २०८० / ५/२१ गते जनकपुरमा गई परम्परा अनुसार सिन्दुर पोते समेत गरेका थिए । मिति २०८० /५/२२ गते अन्दाजी दिँउसो १५ बजेको समयमा पवित्रा आफ्ना घरमा झुण्डिएर मृत्यु भएको खवर प्रहरीबाट माइती पक्षले थाहा पाएपछि घटना स्थलमा माइती पक्ष पुगेको मृतक खत्रीका बुबा रुद्र बहादुर खत्रीले बताए । ईलाका प्रहरी कार्यालय कटारीबाट आएका प्रहरी टोलीले घटना स्थलको वस्तुस्थितिको मुचुल्का लिएका थिए ।

आफन्त र स्थानियको सहयोगमा शवलाई पोस्ट मार्डमका लागि कटारी नगरपालिका स्थित कटारी अस्पतालमा पुर्याईएको थियो । स्थानियको भनाई अनुसार खड्काको घरमा पटक पटक पारिवारिक झै झगडा हुँदै आएको थियो । माइती पक्षले उदयपुरको कटारीमा रहेको प्रहरी कार्यालयमा पुगेर उजुरी दिएपनि दर्ता नगरी प्रहरीले उजुरी निवेदन राखेका थिए । अनुसन्धानका लागि प्रहरी सकारात्मक देखिएता पनि माइती पक्षको चित्त बुझाउन नसकेको माइती पक्षको आरोप रहेको छ ।

कटारी प्रहरीले मृतकका श्रीमान टंक बहादुर खड्कालाई नियन्त्रणमा लिएका थिए भने पोस्ट मार्डम रिपोर्ट पछि आवस्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले पटक पटक बताउँदै आएका छन् । आपसी सम्झौता पछि दुवै पक्ष पोस्टमार्डमका लागि तयारी भएपनि कटारी नगरपालिका स्थित कटारी अस्पताल पुगेका केटा पक्षले मृतकलाई संस्कारका लागि लैजाने भन्दै गर्दा माइतीका आफन्तले दोषी नछुटुन् र निर्दोष नफसुन भन्दै पोस्टमार्डम रिपोर्टका लागि प्रतीक्षा गर्ने अडानका साथ माइती पक्ष घर फर्केका थिए ।

 

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१