Siraha Times
ताजा समाचार

गरिब तथा बिपन्नका लागि निशुल्क एम्बुलेन्स सेवा भगवानपुरमा

  • भदौ २२, २०८०
  • १४७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान २२ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले गरिब तथा बिपन्न, गर्भवती महिला, जेष्ठनागरिक , अतिबिपन्न गरिब परिवारहरुहरुको सहजको लागि बिगत भदौ १ देखि लागु हुने गरि निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन। रेडक्रसको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा शुरु भएको पालिका अध्यक्ष उग्रनारायण यादवले सिरहाटाइम्सलाई जानकारी दिएका छन। निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न थप बजेट विनियोजन गरिएको छ बताउदै अध्यक्ष यादवले भने, ‘यस सेवाबाट यहाँका गरिब, निमुखा, असहाय तथा दलित बिरामी पैसाको अभावमा अस्पताल सम्म पुग्न नसक्ने अवस्था अबदेखि अन्त्य भएको समेत बताएका छन।

निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भएपछि पालिका भित्रका सुत्केरी तथा गर्भवती महिलालाई नियमित चेकजाँच गर्नको लागि स्वास्थ्य संस्था आउजाउ गर्नलाई सहज हुने विश्वास अध्यक्ष यादवले व्यक्त गरेका छन। आफ्ना चुनावी एजेन्डा एक पछि अर्को पूरा गर्दै अध्यक्ष यादवको स्वास्थ क्षेत्रमा गरेको यो महत्वपूर्ण कार्य सराहनीय छ। भगवानपुर् गाउपालिकामा जम्मा २० हजारभन्दा बढीको संख्यामा बसोबास छ र हरेक नागरिकको पहुच सहज तरिकाले शिक्षा, स्वास्थ, खाद्धान र अवास सम्म होस भने उद्देश्यका साथ यो गाउँपालिका अगाडी बढीरहेको प्रष्ट देख्न सकिन्छ।

बिगत लामो समय देखि यस सिरहा जिल्लाको दक्षिणी पुर्बी कुनामा रहेको र भारत बिहारको सिमाना संग जोडिएको यस पालिकाकालाई पछाडी पारिएको पाइएको छ। हरेक क्षेत्र बाट पछाडी पारिएका यस पालिकामा उग्रनारायण यादव नेतृत्वको स्थानिय सरकारले १ बर्ष भित्र धेरै महत्त्वपूर्ण कार्यहरू गरेको देखिन्छ। किसानै किसानले भरिएका यस पालिकामा सडक बिजुलीको काम धेरै हद सम्म गरिसकेको अध्यक्ष यादव बाँकी रहेका सडक अझ दुई बर्ष भित्र पूरा गर्ने र शिक्षा, स्वास्थ , कृषि लाई प्राथमिकता राखेर समृद्ध पालिका बनाउने योजना समेत उहाँको रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१