Siraha Times
ताजा समाचार

बाइबलको पाठ सिकाउँदै हिँडेका दुई क्रिस्टियनलाई जनकपुरमा कालोमोसो

  • भदौ १९, २०८०
  • ९८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १९ । मधेश प्रदेशको राजधानी शहर जनकपुरमा हिन्दु धर्मलाई प्रभावित पार्नेगरी बाइबल बोकेर क्रिस्टियन बनाउन हिँडेका दुई जनालाई प्रचारप्रसार स्थलमा कालो मोसो दलेर प्रहरीमा बुझाईएको छ । जनकपुरस्थित हिन्दु सम्राट सेना नेपालद्वारा बाइबल पाठ सिकाउँदै हिडेका सुनसरी जिल्लाको धरान उप महानगरपालिका वडा नं ८ घर भई हाल जनकपुर उपमहानगरपालिका वडा नं ७ मा डेरा गरी बस्दै आएका ३२ वर्षीय दीपेन्द्र घिमिरे र ३२ वर्षीया धनसरी घिमिरेलाई बाइबल बोकेर प्रचार प्रसार गर्दै आएको बखत स्थानियले नियन्त्रणमा लिएर कालो मोसो दलेर प्रहरीमा बुझाएको हो ।

घर घरमा पुगेर बाइबल बोकेर क्रिस्टियन धर्मको प्रचार गर्दै गरेको बखत आज बिहान करिब ८ बजे जनकपुरको परिक्रमा रोड बल्वाटोल स्थित जनकपुर ट्रमा सेन्टर एरियाबाट अमित राउतको नेतृत्वको हिन्दु सम्राट् सेना नेपाल र स्थानिय हिन्दुवादी संघ संस्था सम्बद्ध युवाहरुले उनीहरुलाई नियन्त्रणमा लिएर कालो मोसो दली प्रशासनलाई बुझाएको थियो । सनातनी हिन्दू धर्मको गलत व्याख्या र विश्लेषण गर्दै बाइबलका पाठहरु पढेर सुनाउँदै गरेको बखत उनीहरुलाई नियन्त्रणमा लिएको स्थानिय मञ्जु मण्डलले बताइन । नियन्त्रणमा लिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१