माओबादीको जनचेतना अभियान लाहान २१ बाट थालियो

  • भदौ १७, २०८०
  • ५५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान १७ भदौ । देशमा राजनीतिक ध्रुविकरण बढिरहेको अवस्थामा राजनीतिक दलको रूपमा रहेको माओवादी पार्टीले लाहान वडा न० २१ बाट जनताको जनगुनासो सुन्दै पार्टी र जनता बीच भेटघाट अभियानलाई अगाडी बढाएको छ । माओबादी पार्टीको अभियानले " घर घरमा माओवादी जनजनमा माओवादी " भन्ने मूल नाराका साथ लहान नगरपालिकाको विभिन्न वडाहरुमा अभियान सुरु गरेको हो । उक्त पार्टीको लहान नगर कमिटीको अध्यक्ष हेमन्त कुमार यादवले अभियानको थालनी उनको नेतृत्वमा लहान-२१ बाट थालिएको बताउनु भएको छ ।

स्थानिय स्तरमा आम जनताको समस्यामा घुलमिल भएर समाधानका उपायहरू खोज्दै अगाडि बढ्दै आएका यादवलाई पार्टी नेतृत्वका अग्रणी भूमिकामा रहेका जिल्ला स्तरका नेताहरुले उनको योगदानको सही मूल्यांकन नगर्नु चिन्ताको विषय हो । हेमन्त यादव जस्ता व्यक्ति जसले पार्टीको गरिमालाई ख्याल गर्दै स्थानिय स्तरमा गरेको योगदानलाई पार्टीले सही मूल्यांकन गर्न नसक्नुलाई पार्टीको अदुरदर्शिता बुझ्न सकिन्छ । युवा आवाजको अग्रणी भूमिकामा रहेका यादवलाई पार्टी भित्रैबाट जिल्ला इन्चार्ज कमरेड अविनासको असहयोगको कारण राजनीतिक नेतृत्वको भूमिकाबाट वञ्चित गरिएको अवस्था रहेको देखिन्छ ।

विगतमा यादवलाई पार्टी नेतृत्व पंक्तिले सही पहिचान नगर्नु र पार्टी विरुद्धमा अविनास गुटको टावरले हालीमुहाली कायम राख्नु पार्टी सिध्याउने खेल भएको आम बुझाई रहेको छ । कुनैपनि उच्च ओहदाको नेताले गुटको प्रश्य गर्नु भनेको माओवादीलाई कमजोर होइन समाप्त पार्नु हो । पूर्व जनमोर्चा र पूर्व माओवादीको टावरपनि पार्टीमा रहनु हुँदैन । आजको दिनदेखि पार्टीमा मौलाएको सारा गुटको विकृति कमला र बलान खोलामा बगाएर गुटविनाको स्वच्छ पार्टी निर्माणको लागि प्रण गर्दै सिरहामा जनयुद्ध कालमा १२३ जनाले दिएको बलिदानीको सम्झना गर्दै पार्टी बनाउन सिरहाभरी नै सहज वातावरणको सिर्जना गराउनु पर्ने यादव बताउनु हुन्छ ।

लहानमा हेमन्त कुमार यादव नेतृत्वमा पार्टीले गति लिनुपर्ने स्थानिय जनताको चाहना रहेको बुझिन्छ । पार्टीलाई सही दिशामा लैजानका लागि लाहानमा भूमिका खेल्दै आएका यादवलाई स्थानिय जनताले आफ्ना प्रतिनिधि बनाउन नपाएकोमा चिन्ता व्यक्त गरेका छन ।दूरदर्शी यादवले स्थानिय जेस मुरारका बहुमुखी क्याम्पसमा भएको ब्यबस्थापन समितिको लागि प्रत्यासी उम्मेदवारको रुपमा समेत उम्मेदबारी  दिएका थिए । हरेक समयमा आम जनताको समस्यालाई समाधानको उपाय खोज्दै आएको यादवको घरमा आम जनता बिहान बेलुका विभिन्न किसिमका समस्याहरू लिएर आउने जाने गरेका छन । त्यसैले सही मूल्यांकन आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

अनैतिक सम्बन्धका कार ...

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्य ...

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

लागूऔषध सहित २ (दुई) ...

ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१