सिराहा: लहानको विकास लचिलो बन्दै नगर प्रमुख चौधरी कामकम आश्वासन बढी

  • भदौ ९, २०८०
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ९ भदौ । सिराहाको लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी हुनुहुन्छ । निज चौधरी नेपाली काङ्ग्रेस प्रतिनिधिसभा क्षेत्र नम्वर -१ का सभापति समेत हुनुहुन्छ । वर्तमान घटनाक्रमहरु बिहीबारको राति र आज बिहान परेको अविरल वर्षको कारण निज मेयर चौधरीको प्रतिनिधिसभा क्षेत्र न. १ का सचिव शरणदेव यादवको घर निज मेयरको देखि नजिकैमा लहान - ७ को घर आँगनमा करिब ३ फिटसम्म पानी पसिएको देखियो । हालको अवस्था अथाबतै छ। कुनै निकायबाट सहयोग पाउनु भएको छैन ।

Open photo

 

निज काङ्ग्रेसका सचिवका अनुसार - यो देशमा काङ्ग्रेसका वीर सहिद अग्रजहरुले देशमा प्रजातन्त्र लयाए। तर, यहाँका जनप्रतिनिधिहरुले संघियताको मुलमर्मलाई धिक्कार गर्दै आएको छ। यसरी म स्थानीय सरकारलाई घर कर तथा सरसफाई बापतसमेत करहरु बुझाउँदै आएको बताए । यस्तो अवस्था रहिरहयो भने देश र जनताको सेवामूलक कार्यहरु गर्न सास्ती खेप्नु स्वभाविक हो । बास्तवमा भन्दा विपी कोइराला भन्नू भएको थियो काङ्ग्रेसमा यस्तो दिन आउँछ कि सुकिलामुकिलाले शासन गर्ने छन् । त्यतिबेला सही प्रजातन्त्रबादीहरु नडराई देश र जनताको उदेश्य प्रति सजग भई काम गर्नु होला ।

यता , अविरल वर्षका कारण लहान वजार जलमग्न देखिएको थियोे । लहान नगरपालिका -२४ झुटकीका लदर यादवको छोरा वर्ष ३५ को शिवनारायण यादव बिहीबार शुक्रबारको अविरल वर्षको कारण सररे खोलाले बगाई लगिएको छ। लहानमा पानी जम्नुको मुख्य कारण नहर सफा नहुनु हो । लहानका जनप्रतिनिधि काम भन्दा बढी आश्वासन दिने गरेका स्थानीयहरु आरोप छ। जनप्रतिनिधिहरु कमिसनमा लिप्त छन । चुनावमा दिएको बाचा पूरा गर्न असमर्थ देखिएको छ। बिहीबार र शुक्रबारको वर्षाले लहान बजारको हरेक गल्ली बाटोघाटो बजार क्षेत्र , घर भित्र समेत पानी घर डुबानमा परेको थियो । तर, लहानका मेयर महेश चौधरी गाउँगाउँमा पुगेर लाखौं लाखौं करोडौंको बजेटमा विकास गर्ने प्रतिबद्धता दिइदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१