Siraha Times
ताजा समाचार

दूई महिनादेखि उपचारमा रहेका राजाबाबुलाई लहानका मेयर चौधरीले ५१ हजार सहयोगको घोषणा गरे

  • भदौ ७, २०८०
  • ८४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ७ भदौ । लहान नगरपालिकाका मेयर महेश चौधरीले गोलबजारका एक बिरामीलाई ५१ हजार सहयोग गर्ने जनाएका छन् । नेपाल पत्रकार महासँघ सिरहाका उपसभापति गणेशका छोरा राजाबाबु साह मोटरसाईकल दुर्घटनामा करिब दूई महिनादेखि काठमाण्डौंमा उपचारमा रहेका छन् । गोलबजारमा मोटरसाईकल दुर्घटनामा एउटा खुट्टा नचल्ने अवस्थामा पुगेको छ । काठमाण्डौको ट्रामा सेन्टरमा उपचार गराइरहेका साहको अवस्था गम्भिर भएकोले खुट्टाको आँपरेशन गर्नुपर्ने भएकोले आर्थिक सहयोगको लागि माग गर्दै आएको क्रममा आज लहानका मेयर चौधरीले ५१ हजार सहयोगको घोषणा गरेका छन् ।

उनको दुर्घटनाले पछिल्ला दिनमा शारिरीक जटिलता झन् बढ्दै गएको जनाइएको छ । आर्थिक अवस्था निकै दयनीय रहेका उनलाई कठिनाई भईरहेको हुँदा उपचारका लागि असमर्थ भएको हुनाले सहयोगको याचना गरिरहेका बेला मेयर चौधरीले उक्त सहयोगको घोषणा गरेका हुन् । संकटमा परेका विपन्नहरूलाई राहत र सहयोग गर्दै आइरहनुभएका ‘मनकारी’ मेयर चौधरीले यसअघि पनि यस्ता दुःखी पीडितहरूको उपचारका लागि सहयोग गर्दै आईरहेका छन् । साथै उनले अन्य दाताहरूलाई पनि सहयोगका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१