दूई महिनादेखि उपचारमा रहेका राजाबाबुलाई लहानका मेयर चौधरीले ५१ हजार सहयोगको घोषणा गरे

  • भदौ ७, २०८०
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ७ भदौ । लहान नगरपालिकाका मेयर महेश चौधरीले गोलबजारका एक बिरामीलाई ५१ हजार सहयोग गर्ने जनाएका छन् । नेपाल पत्रकार महासँघ सिरहाका उपसभापति गणेशका छोरा राजाबाबु साह मोटरसाईकल दुर्घटनामा करिब दूई महिनादेखि काठमाण्डौंमा उपचारमा रहेका छन् । गोलबजारमा मोटरसाईकल दुर्घटनामा एउटा खुट्टा नचल्ने अवस्थामा पुगेको छ । काठमाण्डौको ट्रामा सेन्टरमा उपचार गराइरहेका साहको अवस्था गम्भिर भएकोले खुट्टाको आँपरेशन गर्नुपर्ने भएकोले आर्थिक सहयोगको लागि माग गर्दै आएको क्रममा आज लहानका मेयर चौधरीले ५१ हजार सहयोगको घोषणा गरेका छन् ।

उनको दुर्घटनाले पछिल्ला दिनमा शारिरीक जटिलता झन् बढ्दै गएको जनाइएको छ । आर्थिक अवस्था निकै दयनीय रहेका उनलाई कठिनाई भईरहेको हुँदा उपचारका लागि असमर्थ भएको हुनाले सहयोगको याचना गरिरहेका बेला मेयर चौधरीले उक्त सहयोगको घोषणा गरेका हुन् । संकटमा परेका विपन्नहरूलाई राहत र सहयोग गर्दै आइरहनुभएका ‘मनकारी’ मेयर चौधरीले यसअघि पनि यस्ता दुःखी पीडितहरूको उपचारका लागि सहयोग गर्दै आईरहेका छन् । साथै उनले अन्य दाताहरूलाई पनि सहयोगका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

औरही गाउँपालिकाको १३ ...

लहान, ११ असार । सिरहाको औरही गाउँपालिका १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रमुख अतिथि लोक सेवा ...

औरही गा.पा.मा प्रशास ...

ओम प्रकाश यादव लहान असार ११ । सिरहा जिल्लाको दक्षिणी सीमासंगै जोडिएका औरही गाउँपालिकामा आज विशेष कार ...

भगवानपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव, लहान, असार ११ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१