Siraha Times
ताजा समाचार

प्रसौनी गा.पा.–३ मा श्री महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न

  • भदौ ६, २०८०
  • ९१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा ६ भदौ । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा प्रतेक बर्ष झै यस वर्ष पनि श्री महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न भएको छ । मेला अध्यक्ष छोटेलाल साह कानुको अध्यक्षतामा भएको सो मेलाको उदघाटन प्रमुख अतिथि प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवालले गरेका थिए । मेलाको उदघाटन गर्दै अध्यक्ष जैसवालले मेलालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गराउन सम्पूर्ण पालिकावासीहरुमा आग्रह गरेका थिए ।

सो मेला उदघाटन शत्रको विशिष्ट अतिथि पालिका उपाध्यक्ष किरण साह, क्षेत्रिय सभापति सुनिल गुप्ता कलवार, वडा अध्यक्षहरु याकुब अन्सारी, हृदय नारायण साह, विश्वनाथ साह, राजहण साह, सदस्यहरु राजेश गुप्ता, सर्युग दास, सन्तोष गुप्ता, पुजा यादव, पन्नालाल यादव, लक्ष्मि ठाकुर, सञ्चारकर्मी आसमहम्मद मिया लगायतको उल्लेखनिय सहभागीता रहेको थियो । जयप्रकाश गुप्ताले सहजीकरण गर्नु भएको उदघाटन कार्यक्रम पछि कुस्ती सुरु भएको थियो । कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका पहलमानहरुले आ–आफ्ना कला कौशलता प्रस्तुत गरेका थिए । मेलामा विभिन्न किसिमका झुलाले झनै मनोरञ्जनात्मक बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१