Siraha Times
ताजा समाचार

गोलबजारको साप्ताहिक बजार व्यवस्थित हुँदै

  • भदौ २, २०८०
  • ६६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ २ । सिरहाको गोलबजारमा लाग्दै आएको साप्ताहिक बजार व्यवस्थित हुँदै आएको अवस्था रहेको देखिन्छ । गोलबजार नगरपालिकाको गोलबजार स्थित पूर्व पक्षिम सडकको दाया बाया लाग्दै आएको साप्ताहिक बजारले सडक दुर्घटना हुने प्रवल सम्भावना रहेको अवस्थाको विश्लेषण गर्दै नगरले सडक छेउको बजारलाई व्यवस्थित गर्दै आएको देखिन्छ । सडकको छेउमा बिहानीको समयमा तरकारीको किनमेलको लागि आम मानिसको चाप बढ्दै गरेको अवस्थामा आवत जावतलाई प्रभावित हुने गरी लाग्दै आएको बजारको बारेमा चौतर्फी ब्यबस्थापनका लागि आवाज उठ्न थालेपछि नगर पालिकाले आफ्नो ध्यान केन्द्रित गरेको अवस्थामा बजार व्यवस्थित हुँदै आएको छ । सोमबार र बिहीबार पुरानो चोहर्वा,मंगलबार र शनिवार गोलबजारमा लाग्दै आएको साप्ताहिक बजारलाई स्थानिय बजार समिति , नगरप्रहरी , नेपाल प्रहरी , ट्राफिक प्रहरी,स्थानिय जनप्रतिनिधि लगायतको सहयोगमा बजार ब्यबस्थापन गरिएको छ ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१