नेपालीलाई भारत जान परिचयपत्र अनिवार्य देखाउनुपर्ने

  • साउन २७, २०८०
  • १३३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया ,सिरहा साउन २७ गते । नेपाली बाट भारत जाने नेपालीलाई परिचयपत्र अनिवार्य रुपमा अनिवार्य गरिएको छ । नेपालीलाई सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाका साथ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चेकजाँच गरेपछि मात्र जानदिन्छ । सिरहा जिल्ला बाट नेपालीहरु सामान खरिदबिक्रीका लागि भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मात्रै आवतजावत गर्नका लागि नेपाल प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुरोध गरेको हो । आवत जावत गर्ने एक्कासी भारतीय सुरक्षाकर्मी सुरक्षा जाँचमा कडाई गर्दै सीमापारी जान आउनका लागि ।

पहिचानसहित आधिकारिक रुपमा नागरिकता , पासपोर्ट र मातदान पत्र अनिवार्य माग गरेको छ । केहि दिन पहिला सम्म सामान्य रुपमा जाँच गराएर दुबै देशका नागरिकहरु नाका आवतजावत गर्दै आएको केहि दिन देखि तैनाथ भारतीय सुरक्षाकर्मी निकाय एसएसबीले एक्कासी सुरक्षामा कडाई गर्दै नागरिकता वा अन्य अधिकारिक परिचयपत्र भएकालाई मात्र आवगमन गर्न दिइरहेको छ । परिचयपत्र नभएकालाई सीमाबाट फर्काइने भएकाले भारत जानुपरेमा परिचयपत्र साथमा लिएर मात्र जान दिईने एक सिमा सुरक्षा बलका जवानले बताए । भारतीय सीमावर्ती बजार जयनगर, तिनमुहानी ,बेला ,बेतौन्हा ,बलडिहा लगायतका आसपासका बजार पुग्न परिचयपत्र आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालका उम्मेदव ...

लहान,माघ १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. १ का उम्मेदवार सत्य नारायण यादव ...

कृष्णहरी गैरेलसहित न ...

लहान माघ १३ । लहान नगरपालिका–१० का कृष्णहरी गैरेल नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । उनी २० ...

खुट्टी खोला सिंचाइ य ...

लहान माघ १३ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाको सामाजिक शाखाका अधिकृत विनोद कुमार गु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१